यूरो एनक्यापले सुजुकी जिम्नीको क्रयास टेष्ट नतिजा सार्वजनिक गरेको छ । एनक्यापले सुजुकी जिम्नीलाई थ्रीस्टार रेटिङ दिएको छ । यस परिणामसँगै जिम्नीको सुरक्षा फिचरमा प्रश्न चिन्ह खडा भएको छ ।
जिम्नीले टेष्टको क्रममा एडल्ट यात्रीको सुरक्षामा ७३ प्रतिशत तथा बाल बच्चाको सुरक्षामा ८४ प्रतिशत अंक पाएको छ । यसको अलावा जिम्नीले कारको सुरुक्षा उपकरणमा ५० प्रतिशत अंकमात्र पाएको यूरो एनक्यापले जनाएको छ । क्रश टेस्टिङको क्रममा जिम्नीको ड्राइभरको साइडमा लगाइएको एयरब्यागसमेत राम्रोसँग खुलेको थिएन ।
साथै, जिम्नीलाई फ्रन्टडोर पिलरको कारण पनि कम रेटिङ्ग दिइएको हो । रियर इम्प्याक्टको कारण फ्रन्ट सिटले थोरैमात्रै सुरक्षा दिएको थियो । यद्यपि, चाइल्ड अक्यूजेशन प्रोटेक्शनमा भने जिम्नीले राम्रो अंक पाएको छ ।
त्यस्तै, स्टीप विन्डस्क्रिनमा लगाइएको पिलरको कारण रोड–यूजर्स क्याटेगोरीमा समेत कम नम्बर दिइएको यसमा ५३ अंक प्रदान गरिएको छ । यसमा लगाइएको अटोनोमेसले कमजोर लाइटमा पैदलयात्री तथा साइकल यात्रीलाई देख्न नसकिने एनक्यापले जनाएको छ ।
सुजुकी जिम्नीले ६ एयरब्याग, आइसोफिक्स चाइल्टसिट एईबी, सिटबेल्ट रिमान्इडर लगायतका अत्याधुनिक विशेषताका बावजूद कम स्टार पाएको छ ।

