एक हप्तामै आयो ४ नयाँ मोटरसाइकल, नेपालमा अझै सुस्त

काठमाडौं । गत हप्ता भारतीय बजारमा दुई पाङ्ग्रे सेग्मेन्टमा पाँच नयाँ मोटरसाइकल सार्वजनिक भए । बजारमा आएको छ । त्यस्तै विभिन्न कम्पनीले आफ्ना उत्पादन परिक्षण गर्दै गरेको तस्बीरहरु बाहिर आएको छ ।

ट्राइम्फले मिड वेट नेकेड स्ट्रीट फाइटर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले स्ट्रीट ट्रिपल ७६५ आरएस भारती बजारमा सार्वजनिक गरेको हो । कम्पनीले १० लाख १७ हजार भारतीय रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री सुरु गरेको हो ।

त्यस्तै हिरोले एक्स्ट्रीम १६० आरको अपडेटेड भर्सन सार्वजनिक गर्यो । कम्पनीले इन्जिनमा परिर्वतन गुर्नका साथै टेलिस्कोपिक सस्पेन्सनलाई यूएसडीफर्कमा अपडेट गरेर नयाँ एक्स्ट्रीम १६० आर सार्वजनिक गरेको हो । हिरो एक्स्ट्रीम १६० फोर भी नेपालमा आउने सम्भावना रहेको मोटरसाइकल हो ।

हिरो मोटोकर्पले प्यासन प्लसलाई तीन वर्ष पश्चात पुनः कम ब्याक गराएको छ । कम्पनीले प्यासन प्लसको मूल्य ७६ हजार ३०१ रुपैयाँ निर्धारण गरेर बिक्री सुरु गरको हो ।

होन्डा इन्डियाले डिओ स्कुटर र यूनिकर्न मोटरसाइकल अपग्रड गरेर बजारमा ल्याएको छ । कम्पनीले डिओमा स्मार्ट फिचर थप गरेर ल्याएको हो भने यूनिकर्नमा १६० सीसीको इन्जिन दिएर ल्याएको हो ।

कम्पनीले नयाँ यूनिकर्नको मूल्य १ लाख ९ हजार ८०० रुपैयाँ र डिओ एचस्मार्टको मूल्य ७७ हजार ७१२ रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

त्यसैगरी भारतीय बजारमा नै केटीएम ३९० ड्यूकको नयाँ जेनेरेशन मोडल टेष्टिङको क्रममा देखिएको छ ।

प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डको हिमालयन ४५० को प्रडक्सन मोडल परिक्षणमा देखिएको छ भने यो मोटरसाइकल चाँडै बजारमा आउने अनुमान गरिएको छ ।

यसका अलावा हिरोले करिज्मा २१० को परिक्षण गरिरहेको तस्बीर बाहिर आएको छ । हिरोको जेडएमआर, बजाजको क्रुजर पेटेन्ट, केटीएम हस्कभर्ना ईभी स्कुटर, सिम्पल वानको सस्तो साथै हिरोको म्याक्सी स्कुटरको पेटेन्ट दर्ता गर्नेसम्मको गतिविधि भारतमा गत साता भयो ।

नेपालमा भने आर्थिक मन्दीको असर मोटरसाइकलमा निरन्तर पर्दै आएको छ । अझै मोटरसाइकल तथा स्कुटरको बिक्रीमा सुधार हुन नसकेको आधिकारीक बिक्रेताहरुको भनाई छ ।


Back_to_top