काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल निर्माता हिरोले १२५ सीसी प्रिमियम मोटरसाइकल परीक्षण सुरु गरको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा रेडर १२५ को प्रतिस्पर्धी मोटरसाइकलको परीक्षण सुरु गरेको हो ।
गतहप्ता मात्रै कम्पनीले सार्वजनिक गरेको एक रिपोर्टमा हिरोले १२५ सीसी सेग्मेन्टमा कम्युटर र प्रिमयिम गरी दुई मोटरसाइकल ल्याउने उल्लेख गरिएको थियो ।
कम्पनीले यो मोटरसाइकल यसै वर्ष सार्वजनिक गर्ने समेत उल्लेख गरेको छ । हिरो मोटरसाइकल सबैभन्दा धेरै विक्री हुने सेग्मेन्ट नै १०० देखि १२५ सीसी रहेको छ । यसैलाई मध्येनजर गर्दै कम्पनीले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको हो ।
यही क्रममा पहिलो पटक हिरो १२५ सीसी नयाँ मोटरसाइकल परीक्षणको क्रममा देखिएको हो । झट्ट हेर्दा यसको लुक्स एक्स्ट्रीम १६० जस्तो देखिन्छ ।
टेष्टिङको क्रममा देखिएको नयाँ मोटरसाइकल हिरो एक्स्ट्रीम १२५ हुने अनुमान गरिएको छ । यसमा ६ स्पोक अलोय ह्वील, एलईडी लाइट, टलिस्कोपिक सस्पेन्सन, मोनोशक सस्पेन्सन देखिएको छ ।
परीक्षणको क्रममा रहेको मोटरसाइकल प्रडक्सन फेजमा पुग्दा यसमा अझै परिर्वतन आउन सक्छ । यो मोटरसाइकलले सिधा रेडर १२५ सँग प्रतिस्पर्धा गर्ने देखिन्छ


