साथीले अपमानगर्दा किने ४ रोल्स रोयस, यस्तो छ कारण

शिख समुदायको चिनारीको रुपमा लिइने पगडीकै कारण अमेरिका, बेलायत, क्यानडालगायतका देशमा उक्त समुदाय आलोचनाका शिकार हुने गरेका घटना थुप्रै सुन्न पाइन्छ । 

त्यस्तै अपमानीत भएका थिए, लन्डनको अलडे पा संस्थाका सिइओ रुबेन सिंह । २०१८मा उनी आफ्नो पगरि तथा लामो दारीको कारण साथीहरुबाट अपमानित भएका थिए । उनी माथि भएको आलोचनाको बदलमा उनले आफ्नो पगरिको रङ अनुसारको रोल्स रोयस कार किनेका छन् । 

एक चिनजानकै बेलायती नागरिकले पगडीलाई ब्यान्डेज भनेको भन्दै उनले भिन्न–भिन्न रङको रोल्स रोयस खरिद गरेका हुन् । 

पगडी आफ्नो ताज र गौरब भएको भन्दै उनले एक साता भित्र पगडी र कारको रङ म्याच गर्ने जवाफ बेलायती नागरिकलाई दिएका थिए । नभन्दै उनले, एक हप्ताको समयमा पगडीको रङसँग जोडा मिल्ने रोल्स रोयस खरिद गरेका थिए । 

हाल, रुबेन आफ्नो पगडी अनुसारकै रोल्स रोयस चलाउने गर्छन् । पगडीको कलर अनुसारको रोल्स रोयल्ससँग खिचेको उनको फोटो सबैभन्दा पहिला भारतीय बडी बिल्डर वरिन्दर गुहमानले फेसबुकमा शेयर गरेका थिए । उक्त फोटो निक्कै भाइरल भएको थियो । 

रुबेनले १८ वर्षको उमेरबाट फेसन चेन मिस याटिट्युडको सुरुवाता गरेका थिए । ९० को दशकमा निक्कै चर्चित सो कार्यक्रममा उनले २० घन्टाभन्दा बढी काम गर्ने गरेका थिए । अन्त्यमा कर्जामा डुबेका उनले आफ्नो ब्यवसाय ८० रुपैयाँ बिक्री गरेका थिए । त्यसपश्चात अलडेपा सुरुवात गरेका रुबेनलाई बेलायतको बिल गेट्सको उपनामले समेत चिनिन्छ । 


Back_to_top