अटोमोबाइल कम्पनीले नयाँ नयाँ विशेषतासहितका कार सार्वजनिक गरिनै रहेका हुन्छन् । यसरी आउने नयाँ मोडलले उपभोक्तालाई आकर्षित गरी मूनाफा आर्जन गर्न सफल भैरहेका छन् । तथापी सुरुवाति दिनमा अत्याधिक सफल भएरपनि चाँडैन बन्द भएका उदाहरण पनि थुप्रै भेट्न सकिन्छ ।
बजारमा केही समय पकड जमाएर पछि बन्द हुने गाडीहरुमा होन्डा, फोर्ड र सेभ्रोलेटका गाडीहरु रहेका छन् ।
होन्डाको मोबिलियोले सुरुवाति समयमा ग्राहकहरुलाई निकै आकर्षित गरेको थियो । त्यसको २÷३ वर्षको बीचमा त्यही मूल्यमा नयाँ थप विशेषतासहित अन्य ब्रान्डका गाडीहरु बजारमा आए । अन्तत होन्डा मोबिलियो बन्द भयो ।
त्यस्तै, फोर्ड र सेभ्रोलेटका उत्पादनपनि लामो समय बजारमा रहन सकेन ।
शेभ्रोलेट ट्रेलब्लेजर
अमेरिकन कार निर्माता कम्पनीले भारतीय बजारमा आफ्नो फ्ल्यागशिप कार ट्रेलब्लेजर सार्वजनिक गरेको थियो । शुरुमा यस कारमा ग्राहकको अत्याधिक क्रेज देखिएको थियो । तर, केही समयपछि नै यो कारको उत्पादन बन्द गरियो । यो कारले टोयोटा फोच्र्यूनर र मित्सुबिसीको पजेरोसँग प्रतिश्पर्धा गरेको थियो ।

यस कारमा २.८ लिटर ४ सिलिन्डर १६ भल्ब डिजेल इन्जिन दिइएको थियो, जसले १९७ हर्स पावर जेनेरेट गथ्र्यो । कारमा ६ स्पीड अटोमेटिक ट्रान्समिशन जडान गरिएको थियो । १९५ किमी प्रतिघन्टाको स्पीडमा दौडने क्षमता भएको यो कारले ११ सेकेन्डमा ० देखि १०० किमी दुरी पार गथ्र्यो ।
होन्डा मोबिलियो
होन्डाले मोबिलियोलाई बहुप्रतिक्षित कारको रुपमा बजारमा सार्वजनिक गरेको थियो । तर, यो कारले होन्डालाई निकै निराश बनायो । कम्पनीले यो कार होन्डा ब्रियोको प्लेटफर्ममा निर्माण गरेको थियो ।
![]()
पेट्रोल र डिजेल दुवै भर्सनमा बजारमा ल्याइएको यस कारमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको थियो । कारको सबैभन्दा टप मोडल डिजेल इन्जिनमा मात्रै उपलब्ध थियो ।
१.५ लिटरको आइभीटीइसी इन्जिन दिइएको कारले ११७ एचपी पावर जेनेरेट गथ्र्यो । कारको पेट्रोल भर्सनले १७ किलोमिटर प्रति लिटर र डिजेल भर्सनले २४ किलोमिटर प्रति लिटर माइलेज दिने गरेको थियो । यति हुँदाहुँदै पनि होन्डाको यो कारले बजारमा आफ्नो पकड जमाउन सकेन ।
फोर्ड फिएस्टा

सन् २०११ मा उत्पादन सुरु गरेको फोर्ड फिएस्टा २०१५ मा बन्द भयो । शुरुवातमा यो बेस्ट सेलिङ कार थियो, बजारमा पकड जमाएको यो कारको बिक्रीमा एकाएक ब्रेक लाग्यो । जसलेगर्दा उत्पादन नै बन्द गर्नुपर्यो । फोर्डले यो कार पेट्रोल र डिजेल दुवै भर्सनमा सार्वजनिक गरेको थियो । यस कारको माइलेज २१.२ केएमपीएल थियो भने यस कारमा ५ स्पिड म्यानुअल गियरबक्स दिइएको थियो ।


