दशैंमा घरजानेले भोलिबाट टिकेट बुकिङ गर्न सक्ने

काठमाडौं । लामो रस्साकसीपछि दशैंका लागि अग्रिम टिकट बुकिङ भोलि अर्थात असोज ९ गतेबाट प्रि बुकिङ खुल्ने भएको छ ।

सरकारले १० प्रतिशत गाडीभाडा वृद्धि गरिदिएपछि नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ २४ र पछि असोज ५ देखि बुकिङ खोल्ने भनिएपनि इन्धनको मूल्य देखाउँदै व्यवसायीहरुले भाडा बढाउनुपर्ने मागसहित बुकिङ रोकेका थिए ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप भन्दै सार्वजनिक यातायातको भाडादर समायोजन गरेपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । 


Back_to_top