काठमाडौं । केटीएम २५० एड्भेन्चरको मूल्य घटेको छ । कम्पनीले ५० हजार रुपैयाँले मूल्य घटाएको हो ।
यसअघि पनि फेब्रुअरीमा कम्पनीले ७० हजार रुपैयाँले मूल्य घटाएको थियो । फेब्रअरी २०२३ अगाडि ८ लाख १९ हजार ९०० रुपैयाँ मूल्य रहेको केटीएम २५० एड्भेन्चरमा ७० हजार मूल्य घटेको थियो ।
केटीएमको आधिकारीक बिक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजेटपछिको नयाँ मूल्य सार्वजनिक गर्दै पुनः ५० हजार रुपैयाँले मूल्य घटाएको हो । योसँगै एकै वर्षमा केटीएम २५० एड्भेन्चरको मूल्य १ लाख २० हजार रुपैयाँले घटेको छ ।
कम्पनीले बिक्री गर्दै आएको २०२३ भर्सन केटीएम २५० एड्भेन्चरको मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँबाट घटेर ६ लाख ९९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
केटीएम २५० एड्भेन्चरको २०२३ मोडल नयाँ कलरमा आएको छ । नयाँ भर्सन २५० एड्भेन्चरमा इलेक्ट्रोनीक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध रहेको छ ।
यो मोटरसाइकलमा २४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ९००० आरपीएममा ३० पीएस पावर तथा ७००० हजार आरपीएममा २४ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यसलाई र्याली डकार रेस मोटरसाइकल केटीएम ४५० बाट प्रेरित डिजाइनमा निर्माण गरेको छ । केटीएम २५० मा ३९० एड्भेन्चरबाट स्टील ट्रेल फ्रेम, ४३ एमएम डब्ल्यूपी एपेक्स इन्र्भटेड सस्पेन्सन, मोनोशक, ३२० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर लिएको छ ।

