सजिलै पल्सर २२० किन्न पाइने, मासिक किस्ता भने धेरै

काठमाडौं । बजाजको सर्वाधिक सफल मध्यको एक मोटरसाइकल पल्सर २२० एफ कम डाउन पेमेन्टमा ब्याज नलाग्ने स्कमिमा किन्न पाइने भएको छ । कम्पनीले मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई पनि ब्याज नलाग्ने स्कीममा मोटरसाइकल दिने भएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि अधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले बजाजका मोटरसाइकलमा शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न सकिने स्कीम संचालन गरिरहेको छ । बजारमा मोटरसाइकलको माग बढ्न नसकेको समयमा बजाजले ग्राहक आकर्षित गर्न स्कीम लगाएको हो ।

पल्सर २२० एफ आफ्नो पफर्मेन्सको लागि परिचत मोटरसाइकल हो । अहिले बजारमा अन्य कम्पनीले ५० प्रतिशत डाउन पेमेन्टमा मात्रै सून्य ब्याजदर उपलब्ध गराउँदै आएकोमा बजाजले भने ४० प्रतिशत डाउन पेमेन्टमा नै ब्याज नलिने अफर दिएको हो ।

बजारमा विभिन्न कम्पनीले ३० महिनासम्मको कर्जा सुविधा दिएपनि ब्याज नलाग्ने स्कीममा ४० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले बाँकी रकम १ वर्ष भित्र चुक्ता गर्नु पर्ने हुन्छ ।

बजाजले पल्सर २२० एफको मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । यो मूल्य अनुसार ४० प्रतिशतले हुन आउने १ लाख ५८ हजार ७६० रुपैयाँ सुरुमै डाउन पमेन्ट गर्नु पर्ने हुन्छ ।

त्यस बाहेक कर्जा रकम मासिक १९ हजार ८५० रुपैयाँका दरले १२ महिनासम्ममा तिर्नु पर्नेछ ।

यस्तो छ बजाज पल्सर २०० एफ एबीएस

पल्सर २२० एफ मोटरसाइकलमा २२० सीसी क्षमताको पावरफुल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ८५०० आरपीएममा २०.४ पीएस पावरका साथै ७००० आरपीएममा १९.१२ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीडको गियरबक्स जडान गरिएको छ । पल्सर २२० एफ मोटरसाइकलको टप स्पीड क्षमता प्रतिघण्टा १३४ किलोमिटर रहेको छ ।

सीट हाइट ७९५ एमएम रहेको पल्सर २२० को कुल तौल १६० किलोग्राम रहेको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १५ लिटर क्षमताको इन्धन ट्यांकी, डबल डिस्कका साथै एबीएस जस्ता फिचर भएको यो मोटरसाइकल अहिले पनि ‘भ्यालु फर मनी’को रुपमा परिचित रहेको छ ।


Back_to_top