महिन्द्राको स्वामित्वमा रहेको जर्मन ब्राण्डको इलेक्ट्रीक कार

काठमाडौं । महिन्द्राको स्वामित्वमा रहेको जर्मन लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी पिनन्फर्नियाले ‘पुरा डिजाइन फिलोसोफि’मा आधारित एसयूभी कन्सेप्ट तयार गरेको छ । सन् २०१९ मै टिजर सार्वजनिक गरिएको उक्त कारको कन्सेप्ट तयार भएको हो ।

विश्वभर माहामारिको रुपमा फैलिएको कोभिड १९ को कारण यसको काम तिब्र गतिमा अगाडि बढेको थिएन । अब भने कम्पनीले अगष्ट अन्तिमा हुने ‘मोन्टेरे कार विक’मा यसलाई देखाउने भएको हो ।

कम्पनीले यसलाई एसयूभी जस्तो अग्लो बनाएको छैन । जीटीको जस्तो ‘क्यावरियर’ डिजाइनबाट प्रेरित रहेको छ । २३ इन्चको म्याट व्ल्याक अलोय ह्वील, ठूलो साइजको कर्भ डिजाइनमा तयार भएको सिंगल पिस साइड विण्डो र फिक्स ग्लास रुफ कन्सेप्ट दिइएको छ ।

यसमा पुरा भिजनको चङ्की फेस, नानो फाइवर टेक्नलोजीको सिग्नेचर डेटाइम रनिङ लाइट दिइएको छ । नानो फाइवर टेक्नलोजी १ एमएमभन्दा सानो हुन्छ । पछाडिको ‘बुट सेक्सन’ स्पोर्टस् कारको जस्तो कर्भिका साथै स्लीम टेललाइट र रुफ स्पोइलरको साथ आकर्षक देखिएको छ ।

यसको इन्टेरियरमा चारवटा सिट तथा इलेक्ट्री आर्किटेक्चरको कारण फ्ल्याट फ्लोर रहेको छ । कारको कन्सोल हाउजिङको सेन्टरमा टचस्कृन रहेको छ । पछाडिका दुई सिटको वीचमा ‘वाइन कुलर’ दिएको छ । यो कन्सेन्ट कारमा डिजिटल इन्ष्ट्रुमेन्ट क्लष्टर र हेडअप डिस्प्ले दिइएको छ ।

यसको लम्बाई ५२१५ एमएम, चौडाई २१४७ एमएम तथा १६४१ एमएमको उचाई रहेको छ । अल इलेक्ट्रीक पावरट्रेन सेटअप रहेको यो कारको मोटर र ब्याट्रीको स्पेसिफिकेसन भने सार्वजनिक भएको छैन ।


Back_to_top