काठमाडौं । जोन्टेस ३१० टीको दुई भेरियन्ट सार्वजनिक हुने भएको छ । भोलि कम्पनीले ३१० सीसी एड्भेन्चर मोटरसाइकलको दुई भेरियन्ट सार्वजसनिक गर्ने भएको हो ।
कम्पनीले जोन्टेर ३१० टीको रेगुलर र सिंगल स्वीम आर्म भेरियन्ट सार्वजनिक गर्ने भएको हो ।
जोन्टेस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी आइरन मंकले सार्वजनिक गर्ने तयारी गरेको जोन्टेस जीटी ३१० टीले बीएमडब्लू जी ३१० जीएस, येज्दी एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
यसको रेगुलर मोडलको मूल्य ८ लाख ९९ हजार ९०० रुपैयाँ र सिंगल स्वीम आर्म भेरियन्टको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको हो ।
जोन्टेस जीटी ३१० टीमा ३१२ सीसी सिंगल सिलिन्डर एफआई यूरो ५ इन्जिन रहेको छ । यो इन्जिनले ३५ पीएस पावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा बोश्च कम्पनीको एफआई सिस्टम रहेको छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यो मोटरसाइकलमा बोश्चले नै उत्पादन गरेको एबीएस, डबल डिस्क ब्रेक, एल एलइडी लाइट, वाटर कुलिङ सिस्टम, कि–लेस कन्ट्रोल, टीएफटी डिस्प्ले, यूएसबी पोर्ट, एडजष्टएवल विन्ड स्क्रीन,असिस्ट स्लिपर क्लच जस्ता फिचर पाउन सकिन्छ ।

