७ तस्बिरमा जिम्नी एसयूभी

काठमाडौं । मारुती सुजुकीको नयाँ एसयूभी जिम्नी निकै चर्चामा छ । साउन ८ गतेबाट नेपालमा बुकिङ खुल्ला भएको यो एसयूभी निकै राम्रो बुकिङ पाइरहेको अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले आफ्नो ‘लाइफ स्टाइल प्रोडक्ट’ जिम्नीको सुरुवाती भेरियन्ट जेटाको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसैगरी, यसको टप भेरियन्ट अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ ।

‘अहिले शोरुममा जिम्नी किन्छु भन्ने योजना बनाएर आउने अधिकांशले बुकिङ गरेका छन् । हामी डेलिभरी भदौ अन्तिममा मात्रै गर्न सक्छौं’, सिजी मोटोकर्प स्रोतले भन्यो ।

ग्राहकको अत्याधिक चासो पाइरहेको जिम्नी मेरोअटो टीमले टेस्ट ड्राइभ गरिरहेको छ । यसको ड्राइभिङ अनुभव, फिचर लगायतका जानकारी भिडियो सहित तपाईहरु माझ ल्याउने छौं ।


Back_to_top