काठमाडौं । अमेरिकी इलेक्ट्रीक लग्जरी कार ब्राण्ड टेस्लाले चीनमा सर्वाधिक बिक्री हुने मोडल वाईको मूल्य ४ प्रतिशतसम्मले कटौती गरेको छ । कम्पनीले मोडल वाईको मूल्यमा १ हजार ९३० डलरले कटौती गरेको हो ।
चीनमा टेस्ला मोडल वाइ लङ रेन्जको सुरुवाती मूल्य ४१ हजार ३६० डलर (२,९९,९०० आरएमबी) रहेको छ । त्यस्तै मोडल वाईको पर्फेन्स मोडलको मूल्य ४८ हजार २०० डलरदेखि ५० हजार १३० डलरसम्म रहेको छ ।
साथै, कम्पनीले आफ्नो मोडल-३ किन्ने ग्राहकलाई अगष्ट १४ तारिखदेखि सेप्टेम्बर ३० तारिखसम्मलाई इन्स्योरेन्स वापत लाग्ने १ हजार १०३ डलर छुट दिने जनाएको छ । चीनमा उत्पादनले गति लिएसँगै टेस्लाले विश्वब्यापी रुपमा कारको मूल्य घटाइरहेको छ ।
सुरुवातमा कुनै पनि विज्ञापन लगायतका प्रचार सामाग्रीमा नजाने निर्णय गरेको टेस्लाले चीनमा आक्रमक मुभ देखाउँदै सबै किसिमका मार्केटिङ टुल्सहरु प्रयोग गर्न थालेको हो ।

