काठमाडौं । हिरोको लेजेन्ड्री मोटरसाइकल करिज्मा पुनः बजारमा आउने भएको छ । कम्पनीले करिज्मा नेम प्लेटमा नै यसलाई ल्याउने अन्तिम तयारी गरेको हो ।
हिरो मोटोकर्पले एक टिजर सार्वजनिक गर्दै १४ दिनपछि यसलाई बजारमा ल्याउने आधिकारीक जानकारी दिएको हो । हिरो करिज्मा जेडएमआर अगष्ट २९ मा भारतीय बजारमा सार्वजनिक हुनेछ ।
कम्पनीले हालै सार्वजनिक गरेको टिजरमा करिज्मा आइकनीक एल्लो करल पेन्ट्समा देखिएको छ । कम्पनीले करिज्मा जेडएमआर २१० सीसीको नयाँ इन्जिनमा ल्याउने छ । यसमा लिक्वीड कुल्ड इन्जिन रहने पक्का भएको छ । यो मोटरसाइकल हिरो ब्राण्डमा आउने पहिलो लिक्वीड कुल्ड इन्जिन भएको मोडल हुनेछ । उक्त इन्जिनले २५ पीएस पावर तथा २० एनएम टर्क जेनेरेट गर्नेछ ।
हिरो ल्याउने स्पोर्टी डिजाइनको करिज्माको मूल्य १ लाख ७५ हजार भारतीय रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ ।

मोटरसाइकलको अन्य जानकारी भने बाहिर आएको छैन । करिज्माको बारेमा थप जानकारी लिनका लागि अझै केही दिन कुर्नु पर्ने हुन्छ ।
हिरो करिज्माको ब्रान्ड एम्वेसडर ऋतिक रोशनले समेत करिज्माको टिजर आफ्नो इन्स्ट्राग्राममा सेयर गरेका छन् ।

