काठमाडौं । महिन्द्राको बहुचर्चित लाइफ स्टाइल अफरोड एसयूभी थारको इलेक्ट्रीक भर्सन दक्षिण अफ्रिकाको राजधानी केपटाउनबाट सार्वजनिक गरेको छ । निकै रगड डिजाइनमा देखिएको थार इलेक्ट्रीक पुरै नयाँ कन्सेप्टमा बनेको हो ।
यसअघि जीपबाट प्रेरित रहँदै आएको थारले आफ्नै छुट्टै बडी डिजाइन पाएको हो । नयाँ इलेक्ट्रीक थारको कन्सेप्ट सार्वजनिक भएसँगै कम्पनीको नयाँ गन्तब्य सुरु भएको चर्चा गर्न थालिएको छ ।
थार इलेक्ट्रीकको कन्सेप्टमा ‘बजा–टाइप’ सस्पेन्सन दिइएको छ । यसले लाइफ स्टाइल प्रोडक्टको ग्राउन्ड क्लियरेन्स उच्च बनाएको छ । थारले हाडकोर इलेक्ट्रीक कन्सेप्टको रुपमा सार्वजनिक भएसँगै अटो बजारमा चर्चा पाउन थालेको हो ।
स्क्वायर हेडलाइट, र्याक्ट्रयाङ्गुलर ग्रिल, तीन वटा एलइडी स्लट, चंकी बम्परले कताकता यसलाई केही दिन पहिले सार्वजनिक भएको ल्याण्ड क्रुजरबाट प्रेरित देखिन्छ ।

थार.ई प्योर इएसयूभी प्लेटफर्ममा बन्ने भएको कारण यसको क्याविन निकै फराकिलो अनुभव हुन्छ । यसमा फ्ल्याट ड्यासबोर्ड, ग्रायाब ह्याण्डल, थ्री स्पोक स्टेरिङ ह्वील, इन्फोटेन्टमेन्ट सिस्टम, एयर क्राफ्टको जस्तो क्लष्टर पाउन सकिन्छ ।
इन्डिया ग्लोवल प्लेटफर्ममा बन्ने थार.ई ६० किलोवाटको ब्याट्री रहने अनुमान गर्न सकिन्छ । यसको विषयमा कम्पनीले अहिलेसम्म कुनै आधिकारीक धारणा बाहिर ल्याएको छैन ।

इन्डिया ग्लोवल प्लेटफर्मले ६० देखि ८० किलोवाट आवरको प्रयोग गर्ने भएको कारण यस्तो अनुमान गरिएको हो । नयाँ थार.ईको रेन्ज सिंगल चार्जमा ४०० किलोमिटर प्लस रहने छ ।

