काठमाडौं । महिन्द्राको पछिल्लो एसयूभी स्कर्पियो एनमा आधारित पीकअपको कन्सेप्ट सार्वजनिक गरेको छ । हिजो दक्षिण अफ्रिकाको केपटाउनमा एक कार्यक्रम गर्दै महिन्द्राले स्कर्पियो एनको दखाएको हो ।
महिन्द्राले ग्लोबल पीकअप मोडल भनि सार्वजनिक गरेको कन्सेप्टको उत्पादन बजारमा आउन भने अझै २ वर्ष लाग्नेछ । स्कर्पियो एनकै प्लेटर्फम र डिजाइनमा बन्ने पीकअप ‘नेक्ट जेनेरेशन ल्याडरफ्रेम आर्किटेक्चर’मा निर्माण हुनेछ । महिन्द्राले यसलाई ग्लोबल एनक्याप र यूरोपियन एनक्याप मापदण्ड पुरा गर्ने गरी बजारमा ल्याउने छ ।
सिंगल क्याव र डबल क्याव दुबै अप्सनमा आउने अनुमान गरिएको छ । स्कर्पियो एनकै प्लेटफर्ममा बनेता पनि यसको एक्टेरियर डिजाइनमा भने धेरै भिन्नता पाउन सकिन्छ ।
महिन्द्राले नयाँ पीकअपमा टुइनपीक लोगोसहित ग्लसी व्ल्याक ग्रील मेटालीक प्लेट, नयाँ एलइडी डीआरएल, नयाँ एलइडी हेडलाइट, नयाँ अलोय ह्वील, इन्ट्रीग्रेटेड फुट स्टेप दिनेछ ।
ओआरभीएम र डोर फ्रेममा ग्लसी व्ल्याक कलर छ भने नयाँ एलइडी टेललाइटले यो पीकअप स्मार्ट तथा स्पोर्टी देखिएको छ । यसमा आकर्षक डिजाइनको फ्लड लाइट सहितको रुफ र्याक दिइएको छ ।

महिन्द्राले यसमा ‘नेक्ट जेनेरेशन एमहक’ इन्जिन दिनेछ । उक्त इन्जिनको पावर, पफर्मेन्स र इफिसीयन्सीमा धेरै सुधार आउने वताइएको छ । गियर परिवर्तनको झन्झटबाट मुक्त गर्न यसमा ६ स्पीड अटोमेटीक गियरबक्स रहनेछ ।
महिन्द्राको स्पोर्टी पीकअप भएपछि यसमा फोरह्वील ड्राइभ अप्सन त हुनेनै भयो । सबै किसिमका बाटोमा चलाउन मिल्ने यस पीकअपमा नर्मल, ग्रास, ग्राभेल, स्नो, मड, स्याण्ड जस्ता अलटेरेन मोडल पाउन सकिन्छ ।
महिन्द्राको ग्लोबल मोडल भएकाले यसमा ५जी कनेक्टीभीटी, सेमी अटोमेटीक मोड, एडास लेबल २ तथा सनरुफ जस्ता आधुनिक फिचर हुनेछ ।
कन्सेप्ट डिजाइन भएकाले महिन्द्राले यो पीकअपको इन्टेरियरको बारेमा केहिपनि जानकारी दिएको छैन ।

