५० हजार मानिसले १६ महिनामा बनाएका थिए पहिलो जम्बो जेट, पुरा भयो ५० वर्ष

काठमाडौं । आकाशमा देखिने विशाल ४ वटा इन्जिन भएको वाईड–वडी जेट बोइङ कम्पनीले १९६८ को सेप्टेम्बर ३० मा पहिलोपटक फ्याक्ट्रीबाट रोलआउट गरेको थियो । पहिलो वाइड–वडी भएकोले यस जहाजलाई जम्बो–जेटको उपनामले चिनिन्छ  । यसको पहिलो निर्माणमा ५० हजार कन्ट्रक्सन वर्कर, मेकानिक्स, इञ्जिनियर तथा अन्य अफिसियलहरूको १६ महिनाको प्रयासमा भएको थियो ।

सन् २००७ मा एयरबसको ए–३८० को निर्माणअघि यो बोइङ–७४७ जहाज संसारको ठूलो सिभिलियन जहाज रहेको थियो । यसको थप ख्याति सन् १९९० मा अमेरिकी राष्ट्रपतिको अफिसियल हवाई सवारीको रुपमा प्रयोग भएपछि अझ उच्च भएको हो । 

अहिलेपनि अमेरिकी सरकारले बोइङको ७४७–२०० भर्सनको दुईवटा निलो रङ्गको जम्बो–जेट राष्ट्रपतिको राष्ट्रिय र अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गरिरहेको छ, ‘जसलाई एयरफोर्स–वान’ को नामले चिनिन्छ ।

यो जहाज निर्माणका लागि विश्वकै ठूलो फ्याक्ट्रीको निर्माण गरिएको थियो, जसको क्षेत्रफल ७५ वटा फूटबल मैदान जोडे जति रहेको छ । यसको उत्पत्ति पनि अन्य जहाजहरूजस्तै मेलिटरीका लागि भएको थियो ।

 लण्डनबाट न्यूयोर्कको फ्लाइटमा जम्बो–जेटलाई ८ देखि १० घन्टा लाग्द थियो भने कङ्कडले मात्र ३ घन्टामा सो उडान भथ्यो । 

सन् १९६३ मा यूएस एयरफोर्सले एकैपटक धेरैजना र ठूला कार्गो ट्रान्सपोर्टका लागि लामा रेञ्ज भएको जहाज सप्लाईको प्रस्ताव माग गरेको थियो । तर, बोइङले यूएस आर्मीको बीड हारे पनि तत्कालीन प्यान अमेरिकन वर्ड–एयरलायन्स (प्यान–एम) का प्रेसिडेन्ट जुवान ट्रीपले फस्ट जेनरेशनको बोइङ–७०७ भन्दा डबल साइजको जहाजको  चाहना राखेका थिए । उनकाअनुसार ‘यो शान्तिका लागि एक उत्कृष्ट हतियार हुनेछ, जसले अन्तर्राष्ट्रिय व्यालिस्टिक मिसाइलसँग र मानिसहरूको भाग्यसँग प्रतिस्पर्धा गर्नेछ ।’

एक ठूलो जोखिम 

तत्कालीन समयमा यो धेरै जोखिमपूर्ण काम थियो । एभीएसन इन्ड्रष्टीका धेरैजना विद्वान तथा स्वयम् बोईङलाई पनि थाहा थियो कि एयर ट्राभलको भविष्य उच्च गतिसँग थियो, न कि ठूलो कुनै साइज । सुपरसोनिक स्पीड भएको कङ्कडको व्यापक चर्चा रहेको थियो, जसले १९७६ मा उडान सुरु गरेसँगै सवसोनिक फ्लाइटलाई अप्रचलित बनाएको थियो । जहाँ बोइङ–७४७ उडाउनका लागि डिजाइन गरेको थियो । उदाहरणका लागि लण्डनबाट न्यूयोर्कको फ्लाइटमा जम्बो–जेटलाई ८ देखि १० घन्टा लाग्द थियो भने कङ्कडले मात्र ३ घन्टामा सो उडान भथ्यो । 

तर, बोईङ यसले रोकिएन र पहिलो जहाजको टेष्ट–फ्लाइट सन् १९६९ को फेब्रुअरीमा गरेको थियो । यसले पेरिस एयर शोमा सबैको ध्यान खिच्न सफल भयो । सोही वर्षको अन्त्यमा फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले उडाउन योग्य भनेर प्रमाणित गरेसँगै प्यान–एमले पहिलो ७४७ को डेलिभरि १५ जनवरी १९७० लिएको थियो । 

पहिलो भर्सन ७४७–१०० को पूरा क्यापासिटी–४०० प्यासेञ्जरको भए तापनि यसको लञ्चिङ समय रिसेसन तथा पहिलो आयल क्राईसिसको बेलामा परेकोले पूरा क्षमतामा उडाउने प्यासेञ्जर पाउन सकेन । 

अर्कोतर्फ यस प्रोजेक्टको साइजले एभिएसन कम्पनी र बैंकलाई नै तर्सायो । यसले कम्पनीलाई बैंकरप्सीमै लिएर गयो । यसको निर्माणका लागि बोइङले २ अर्ब डलर लोन लिएको थियो, जुन हालको समयको २० अर्ब डलर जति हो । 

भाग्यवस बोइङले यसलाई प्यासेञ्जर र कार्गो दुबैको लागि योग्य बनाएको थियो । यसको अगाडिको ककपिटको भाग पूरै माथि फर्काएर खोल्न मिल्ने थियो, जसले ठूला–ठूला कार्गो सजिलै ट्रान्सपोर्ट गर्न मिल्दथ्यो । कार्गोमा प्रयोगले गर्दा बोइङको यो प्रोजेक्टलाई बचाई राख्न सम्भव भएको थियो । 

उडानका सुनौला वर्ष 

बोइङको यो जहाज अन्य जहाजहरूभन्दा भिन्न थियो । यसको अगाडिपट्टि उठेको भागले यसलाई अन्य जहाजभन्दा फरक किसिमको बनाएको छ । ‘जम्बो–जेट’ नामैले यसको साइज ठूलो हुने र यसको आकार पनि भिन्न किसिमको भएकोले यसलाई सजिलै ठम्याउन सकिन्थ्यो । 

पचास वर्षको अवधिमा १५ सयभन्दा बढी जम्बो–जेट उत्पादन भएका छन् । आज पनि विश्वको आकाशमा करिब ५०० जहाज उडिरहेका छन् । 

एयरलायन्स कम्पनीहरूले फूल क्यापासिटीमा उडाउन नसक्ने भएपछि यसको माथिल्लो तल्लामा ‘फस्टक्लास’ बनाएर आफ्ना प्रिमियम ग्राहकहरूलाई अतिरिक्त स्पेसको सिट तथा थप सेवा दिई बढी शुल्क लिन थाले । सन् १९७० को अन्त्यतिर एयरलायन्सहरूले त्यो भन्दा एक स्टेप अगाडि बढेर पियानो–बारसमेत बनाए, जसले यात्रुहरूको लामो यात्रा मनोरञ्जनात्मक बनाउन सफल रह्यो । 

तर, पछिल्लो समयमा भने एयरलायन्सहरूले बढी सेवा–सुविधा दिनेभन्दा पनि कस्ट–कटिङ्गको फर्मूला लगाउन थालेपछि भने साना तथा बढी इफिसियन्ट लङ्गरेन्ज भएका र दुईवटा मात्र इन्जिनभएका जहाजहरू बोइङ–७७७ र ७८७ ले यस्ता ठूला जम्बो–जेटकोे माग घटाउन थाले । 

एभिएसनको प्रतिक चिन्ह 

समस्याहरूको बावजूद बोइङ–७४७ ले विश्वका हवाई यात्रुका माझ राम्रो स्थान बनाउन सफल रह्यो । यसलाई लिएर हलिउडमा दुईवटा डिजास्टर मुभि ‘एयरपोर्ट–१९७५’ र ‘एयरपोर्ट–७७‘ बनाइए भने धेरै हाईज्याक मुभिहरूमा यसको प्रयोग भएको छ । जसमा ह्यारिसन फोर्ड अभिनित चर्चित ‘एयरफोर्स–वान’ पनि रहेको छ । अझ अघि यसको बढी चर्चा नासाले दिलाएको हो । नासाले स्पेश सटलको ट्रान्पोटेसन ल्याण्ड गर्ने स्थानबाट लञ्च गर्ने साइटमा लाँदा विशेष मोडिफाइड–७४७ कोे ढाडमा राखेर गर्ने गर्छ । 

संसारका स्वतन्त्र देशका कयौँ लिडरहरूले राजीकय भ्रमणहरूमा प्रयोग गरेबाट यसको ख्याति अझ बढेको छ । सम्भवतः २०२४ सम्ममा ७४७–८ भर्सन रातो, निलो तथा सेतो रङ्गमा रङ्गिनेछ किनकी पेन्टागनले राष्ट्रपतिलाई नयाँ एयरफोर्स–वानको अर्डर गरेको समाचारहरू बाहिर आएको छ । जसको म्याक्सिमम् स्पीड, म्याक्सिमम् टेकअफ वेट र रेन्ज हाल प्रयोगमा रहेकोभन्दा बढी हुनेछ । 

एड्भान्स टेक्नोलोजी भएका अन्य मिडिएम साईजका जहाजहरूले यसको मार्केट खोसेका छन्, जुन जम्बो–जेटको तुलनामा कम इन्धन खपत गर्छन् ।

यो पचास वर्षको अवधिमा १५ सयभन्दा बढी जम्बो–जेट उत्पादन भएका छन् । आज पनि विश्वको आकाशमा करिब ५०० जहाज उडिरहेका छन् । यसका बाबजुद बोइङले यसको थप पेशेञ्जर भर्सनको उत्पादन नगर्ने जनाएको छ । 

सन् २०१७ बाट अमेरिकी एयरलायन्स कम्पनीहरूले यसको प्रयोग गर्न छाडिसकेका छन् भने, सोही साल कोरियन एयरले अन्तिम प्यासेञ्जर जम्बो–जेट जहाज खरिद गरेको थियो । एड्भान्स टेक्नोलोजी भएका अन्य मिडिएम साईजका जहाजहरूले यसको मार्केट खोसेका छन्, जुन जम्बो–जेटको तुलनामा कम इन्धन खपत गर्छन् । 

तर पनि जम्बो–जेट २१ औँ शताब्दीको आकाशमा अझै उडिरहने छन् । किनकी कार्गोको लागि अझ यी जहाजहरू उपयुक्त रहेको बताइएको छ र हालैमात्र यूपीएसले १४ वटा नयाँ विमान अर्डर गरेको छ । साथै, अमेरिकी राष्ट्रपतिले नयाँ जहाज अझै २५–३० वर्षसम्म चढ्ने नै छन् ।


Back_to_top