काठमाडौं । बेलायती मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डले चर्चित एड्भेन्चर अफरोड मोटरसाइकल हिमालयन-४५० को नयाँ मोडल आगामी महिना सार्वजनिक गर्ने भएको छ ।
उक्त मोटरसाइकल रोयल इन्फिल्ड इन्डियाले भारतीय बजारमा नोभेम्बर पहिलो साता सार्वजनिक गर्ने भएको हो ।
कम्पनीका अनुसार नयाँ हिमालयन ४५० मा ग्राहकले पावरफुल इन्जिन, आकर्षक लुक्स, डिजाइनसंगै लेटेस्ट फिचरहरू पाउने छन् । लामो समयको पखाइपछि उक्त मोटरसाइकल बजारमा उपलब्ध गराउन लागिएका कम्पनीले जनाएको छ ।
यसअघि टेस्टिङको क्रममा यो मोटरसाइकल धेरै पटक अफरोड र अनरोडमा देखिसकिएको छ । कम्पनीले यो अफरोड एड्भेन्चर मोटरसाइकलको टिजरसमेत सार्वजनिक गरेको हो ।

नयाँ हिमालयन-४५० मा कस्मेटिक र मेकानिकल परिवर्तन निकै गरिएको टिजरमा देखिएको छ । पहिले हिमालयनमा ४११ सीसी क्षमता भएको इन्जिन रहेको थियो कम्पनीले यसलाई परिवर्तन गरेर अब भने ४५० सीसीको इन्जिनमा ल्याउने भएको हो ।
यो मोटरसाइकलमा-४५० सीसी क्षमताको लिक्वीड कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ४० हर्सपावरका साथै ४० एनएम टर्क जेनेरेट गर्छ । पुरानो मोडलभन्दा निकै पावरफुल मेसिनको रुपमा निर्माण गरिएको यो मोटरसाइकलमा अफरोड क्षमता र अलग–अलग भूभागमा सजिलै राइड गर्न सकिन्छ ।

नयाँ हिमालयनमा सबै लाइट एलईडी लाइट रहेका छ भने सेग्मेन्ट फस्ट थ्री इन वान टेलल्याम्प सेटअप छ । जसमा दुई एलईडी फ्लेसर्स, जडो की टर्न सिग्नल, इन्डिकेटर्स र बे्रक लाइटस्को काम गर्नेछ ।
त्यसैगरी, यसमा अपसाइड डाउन फर्क, वायर स्पोक ह्वील, डुअल पर्पज ट्युब्ड टायर, बल्बस फ्युल ट्यांक, फोन र ब्लुटूथ कनेक्टिभिटी, नेभिगेसन, डिजिटल इस्ट्रुमेन्ट क्लस्टर, डुअल च्यानल एबीएस, राइड बाइ वायर, मल्टिपल राइड मोड्स् र स्वीचेबल एबीएस जस्ता फिचरहरू पाउन सकिन्छ ।

