काठमाडौं । यामाहाका मोटरसाइकल र स्कुटरमा मूल्य वृद्धि भएको छ । कम्पनीले भदौ १ गतेदेखि लागू हुनेगरी यामाहा एफजेड भी टूको मूल्य वृद्धि गरेको थियो ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले एफजेडएस भी टू र एफजेड भी २ को मूल्य वृद्धि गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार एफजेड भी टूको मूल्य १० हजार रुपैयाँले वृद्धि भएको हो भने एफजेडएस भी टूको मूल्य ५ हजार रुपैयाँले वृद्धि भएको हो ।
यसअघि ३ लाख ५९ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको एफजेडएस भी टूको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ र ३ लाख २९ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको एफजेड भी टूको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस बाहेक अन्य मोडलका मोटरसाइकल तथा स्कुटरको मूल्य भने यथावत नै राखिएको छ ।
यामाहा एफजेड भी टू यामाहाको लोकप्रियम मोटरसाइकल रहेको छ । यसमा १४९ सीसी एयरकूल्ड सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । उक्त इन्जिनले १३ बीएच पावर तथा १३ एनएम टर्क जेनेरेट गर्छ । यस बाइकमा फ्रन्टमा २८२ एमएम तथा रियरमा २२० एमएमको डिस्क ब्रेक रहेको छ ।

