टाटा ह्यारीयरले पुरा गर्यो २२ लाख किलोमिटर अफरोड परिक्षण

टाटा मोटर्सले आफ्नो नयाँ एसयूभी ह्यारीयरको अफ रोड टेष्टिङ पुरा गरेको जनाएको छ । कम्पनीले २२ लाख किलोमिटर अफरोड परिक्षण गरिएको जनाएको हो । 

यो परिक्षण अफरोडमा १० वर्ष लगातार गाडी चलाए बराबरको हो । कम्पनीले टुईटर मार्फत सार्वजनिक गरेको भिडियोमा एसयूभीको सस्पेन्सनलाई देखाइएको छ, जुन निकै मजबुत रहेको छ ।

कम्पनीले यो गाडीलाई लामो समय पानीमा समेत परिक्षण गरिएको जनाएको छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि गाडीले राम्रो पर्फमेन्स दिने कम्पनीले दाबी गरेको छ । निकै चर्चामा रहेको टाटा ह्यारीयर प्रिमियम एसयूभी हो । 

फियाटको २.० लिटर मल्टीजेट इन्जिन दिइएको यो एसयूभीले १४० बीएचपी पावर र ३२० एम टर्क जेनेरेट गर्छ । यो गाडी म्यानुअल र अटोमेटिक दुबै गिएरमा उपलब्ध हुनेछ । 

यसमा मल्टीपल फिचर दिइएको यो एसयूभीलाई कम्पनीले २०१९ जनवरीमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।  


Back_to_top