स्कोडा कुशकको मोन्टे–कार्लो एडिसन नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लू एक्सपान्जे प्रालिले आफ्नो सफल मोडेल स्कोडा कुशकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ । चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको एक शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ ¥यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ ।

‘कुशक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने हर एकको छनोट बन्नेछ । यसले युरोपेली स्टाइललाई हरसम्भव तवरले झल्काएको छ । तपाईंले मोन्टे कार्लोमा स्पोर्ट ¥यालीको विरासत बोकेको र रोमाञ्चक मोटरिङमा समर्पित युरोपेली ब्रान्डको अनुभव गर्न सक्नुहुनेछ,’ एमएडब्लू एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

नयाँ कुशक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरु रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । नयाँ स्कोडा कुशक ‘मोन्टे कार्लो’ दुई वटा आकर्षक कलरः ‘टोनार्डो रेड’ र ‘क्यान्डी ह्वाइट’ मा उपलब्ध हुनेछ ।

यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ । साथै ग्रिल, ‘ओआरभिएम’ र अन्य भागलाई ‘स्पोर्टी’ देखाइएको छ । ‘मोन्टे कार्लो’मा स्कोडाको १.० लिटर टीएसआई पेट्रोल इन्जिन दिइएको छ ।

जुन ६–स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ । नेपालमा कुशक ‘मोन्टे कार्लो’ म्यानुअल भेरियन्टको ७१ लाख ९० हजार रुपैयाँ र अटोमेटिक भेरियन्टको ७९ लाख ९० हजार तोकिएको छ ।

यसमा १७ इन्चको अलोय ह्वील, स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज र म्याट ब्ल्याक रुफ रेलसहित ‘कार्बन स्टिल’को फिनिसिङ पाउन सकिन्छ ।

स्कोडा कुशक मोन्टे कार्लोमा पहिलो पटक रेड थिमसहितको ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ । क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ ।

सिटको अपहोल्स्ट्रिीमा रातो र कालो कलर मिक्स गरिएको छ भने ‘हेड रेस्ट’मा मोन्टे कार्लोको ब्याच दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, रेड थिमको १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, एलुमुनियम पेडल, ‘डोर सिलमा मोन्टे कार्लो स्कफ प्लेट जस्ता परिवर्तित फिचर रहेका छन् ।


Back_to_top