डिसी चार्जर प्रयोग गर्ने कि एसी ? ब्याट्री हेल्थलाई कुन राम्रो

काठमाडौं । एसी चार्जरले आफ्नो ईभी चार्ज गर्ने कि डिसी चार्जरको रेगुलर प्रयोग गर्ने भन्ने विषयमा धेरै अन्योलता पाइन्छ । अधिकांश ईभी बिक्रेताले अहिले पनि सधै डिसी चार्जरको प्रयोग नगर्न भन्ने गरेका छन् ।

उसोत फ्रेन्च कार निर्माता सिट्रोनको ईसीथ्रीलाई सधैँ डिसी चार्जरबाट चार्ज गर्न मिल्ने भनेको छ । तर, अधिकांश बिक्रेताले एसी चार्जरको प्रयोग गर्न सुझाउने गरेका छन् ।

कृहि समय अगाडि अमेरिकामा भएको एक अध्ययनले सधैँ डिसी फास्ट चार्जर प्रयोग गर्दा फरक नपर्ने तथ्य बाहिर ल्याएको छ । रिकरिङ अटो नामक एक संथाले गरेको अध्ययनले निरन्तर डिसी चार्जर र एसी चार्जर प्रयोग गर्ने ब्याट्री क्षमता समान तरिकाले घटेको देखाएको हो ।

उक्त संस्थाले अमेरिकाको १२ हजार ५०० टेस्ला कारमा गरको अध्ययन अनुसार धेरै पटक एसी चार्जरले चार्ज गर्ने र धेरै पटक डिसी फास्ट चार्जरले चार्ज गर्ने ईभीको रेन्ज गिरावट तंथ्याकीय रुपमा समान देखिएको हो ।

उक्त अध्ययनमा ९० प्रतिशत डीसी फास्ट चार्जरमा चार्ज गर्ने र १० प्रतिशतभन्दा कम पटक डीसी फास्ट चार्जरमा चार्ज गर्ने ईभी वीच तुलना गरिएको थियो । तर, दुबैको रिपोर्ट भने समान देखिएको थियो ।

रिकरिङ अटोको रिपोर्टपछि डिसी फास्ट चार्जर वा एसी चार्जर कुन छनौट गर्ने भन्ने कुराले ब्याट्रीलाई असर गर्ने होइन भन्ने प्रमाणित भएको छ । तर, अन्य फ्याक्टरहरु जस्तो एक्ट्रीम टेम्प्रेचर, एकदमै कम वा धेरै चार्ज जस्ता कुराले भने ब्याट्रीको लाइफमा असर पर्ने देखिएको हो ।
नयाँ रिपोर्टले देखाए अनुसार रोबस्ट थर्मल मेनेजमेन्ट सिस्टम, भोल्टेजका साथै ब्याट्री मेनेजमेन्ट सिस्टममा कम्पनीहरुले गरेको लगानीका कारण सधैँ डिसी चार्जरको प्रयोग सुरक्षीत देखिएको छ ।

ईभीको ब्याट्री लाइफलाई सकेसम्म धेरै बढाउनका लागि प्रि–कण्डिसन फिचरको प्रयोग महत्वपूर्ण हुन्छ । एक्ट्रीम कोल्ड तथा एक्ट्रीम हिट भएको अवस्थामा यो फिचरले ब्याट्रीको तापक्रमलाई चार्ज गर्नु अगाडि आवश्यक मात्रामा राख्छ ।

अर्को कुरा ब्याट्रीको चार्ज एकदमै लो वा हाई छ भने पनि डीसी फास्ट चार्जर प्रयोग नगर्नु उचित हुन्छ । यस्तो अवस्थामा ब्याट्रीलाई थप स्ट्रेस पर्न जान्छ । त्यसैले २० प्रतिशतभन्दा तल र ८० प्रतिशत भन्दा माथि स्लो चार्जरले चार्ज गर्न राम्रो मानिन्छ ।

सन् २०२० मा गरिएको अर्को अध्ययनले पत्ता लगाए अनुसार ईभी वा प्लगइन हाइब्रिडमा प्रयोग भएका ब्याट्रीहरु कम्पनी हेरेर पहिलो वर्षनै ० वा ४.१ प्रतिशत सम्म घट्ने देखिएको थियो ।


Back_to_top