काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरू भएको छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सो प्रदर्शनी सुरू भएको हो ।
उक्त प्रदर्शनीको उर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री शक्ति बहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
आइतबारसम्म संचादन हुने यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन लगायत विद्युतीय सामग्री राखिएको छ ।
विद्युतीय सवारी अन्तर्गत २३ लाख रुपैयाँदेखिका ईभी कारदेखि ५८ लाख रुपैयाँसम्मका ईभी मोटरसाइकल प्रर्दशनीमा राखिएको छ । ईभी प्रर्दशनीमा हर्विन, इकुटर, लूयान, लिफान, इनिंग्मा, जेसिट्स, इनर्जिका जस्ता ब्रान्डका दुईपाँग्रेका साथै हेनरि ब्रान्डका चारपाँग्रे ईभी कार प्रर्दशनीमा राखिएको छ ।





