काठमाडौं । एसएआईसी ग्रुपको स्वामित्वमा रहेको म्याक्सस ब्राण्डले बनाएको लग्जरी इलेक्ट्रीक एमपीभी ‘मिफा–९’ नेपाल आएको छ । पारामाउन्ट मोटर्सले नेपाल ल्याएको मिफा-९ नाडा अटो शो २०२३ मा प्रदर्शनी हुनेछ ।
जापानीज लग्जरी मिनी भ्यान टोयोटा अल्फार्ड र निसान एलग्राण्डको झल्को दिने मिफा-९ लग्जरी इलेक्ट्रीक एमपीभी खोज्नेहरुको लागि एक उत्कुष्ट विकल्प हुनेछ । यसलाई नेपालमा उपलब्ध लग्जरी भ्यानमा नयाँ बेन्चमार्क कायम गर्ने मोडल मान्न सकिन्छ । यो मोडल नेपाल आउने क्रममा केरुङ बोडर्रमा देखिएको हो ।

मिफा-९ को लम्बाई ५.३ मिटर र चौडाई २ मिटर रहेको छ । यो एमपीभीमा फ्रन्टमा कभर्ड ग्रिल रहेको छ भने, सिपिल्लरमा जेड सेपको क्रोम ट्रिम पाउन सकिन्छ । यसमा स्लाइडिङ डोर भएता पनि डोर च्यानललाई बडीमा चलाखिपूर्ण तरिकाले लुकाइएको छ ।
बक्सी सेपको मिफा-९ एमपीभीमा ७ सिट रहको छ । प्रिमियम सेग्मेन्टमा रहेको यो एमपीभीको इन्टेरियरमा सफ्टटच लेदरेट मेटेरियलको प्रयोग गरिएको छ । यसका स्लाइडिङ डोर र टेलगेट लगाएतका सबै फ्ङ्सनहरु इलेक्ट्रीकल्ली एड्जस्टेवल छन् ।
ड्यासबोर्डमा एप्पल कार प्ले र एड्रोइड अटो फिचरसहितको १२.३ इन्चको टचस्कृन डिस्प्ले छ । यसबाट क्लाइमेट कन्ट्रोलका सबै फङ्सन अपरेट गर्न सकिन्छ । ड्राइभर इन्फर्मेसनका लागि ७ इन्चको डिजिटल डिस्प्ले छ ।
मिफा ९ मा अगाडि दुई सिट, दोस्रो रोमा पनि दुई सिट र तेस्रो रोमा ३ सिट दिइएको छ । यसको बीचमा रहेको २ वटा क्याप्टेन सिट भने इलेक्ट्रीकल्ली सबै दिशामा घुमाउन सकिन्छ ।
सिटको कन्ट्रोलका लागि आर्मरेस्ट बाहिर स्मार्टफोन साइजको टचस्कृन डिस्प्ले दिएको छ । यसको सहायताले सिट हाइट, लम्बार पोजिसन, मसाज फङ्सन, हिटीङ एण्ड कुलीङ सबै सिस्टम कन्ट्रोल गर्न सकिन्छ ।
यसको सिटमै जहाजको जस्तै ट्रे टेबल समेत रहेको छ । यो एमपीभीमा मल्टीपल चार्जिङ पोर्ट रहेको छ ।
मल्टी एड्जस्टेबल सिट, पावर ओपनिङ डोर, किलेस इन्ट्री, टुइन इलेक्ट्रीक सनरुफ, हिटेड लेदरले मोरिएको स्टेरिङ ह्वील, एलइडी क्यावीन लाइट, डिजिटल रियर भ्यू मिरर, कुल्ड-हिटेड सिट पाउन सकिन्छ ।

मसाज सुविधा सहितको फ्रन्टसिट, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन चेन्ज असिस्ट, ३६० डिग्री पार्किङ क्यामरा, एडाप्टीभ लीड लाइट, एलइडी हेडलाइट र अटोनोमस ब्रेकिङ सिस्टम जस्ता फिचरले मिफा ९ लाई आरमदायी, सुरक्षीत र प्रिमियम एमपीभी बनाएको छ ।
डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको मिफा–९ मा ९० किलोवाट आवरको फ्लोर माउण्टेड ब्याट्री प्याक दिएको छ । यसमा रहेको मोटरले २४५ ब्रेकहर्स पावर र ३५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
फ्रन्ट ह्वील ड्राइभ सिस्टममा आउने यो एमपीभीले सिंगल चार्जमा ४४० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । यो एमपीभीलाई डिसी फास्ट चार्जरको सहायताले ३० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
वेलायती बजारमा बिक्री भइरहेको यो एमपीभीको मूल्य करिब १ लाख डलर रहेको छ । नेपाली बजारमा यसको मूल्य १ करोड ३० लाख हाराहारीमै उपलब्ध हुन सक्नेछ ।

