बीएमडब्लूबाट प्रेरित टीभीएसको नयाँ मोटरसाइकल सार्वजनिक

काठमाडौं । टीभीएस मोटर्सले अपाचो सिरिजको सबैभन्दा पावरफुल मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले अपाचे आरटीआर ३१० सार्वजनिक गरेको हो ।

अपाचे आरआर ३१० मा आधारित नेकेड मोटरसाइकल आरटीआर ३१० सार्वजनिक गरेको हो ।

कम्पनीले आपचे आरटीआर ३१० मा धेरै सेग्मेन्ट फ्रस्र्ट फिचरको रुपमा क्रुज कन्ट्रोल, कर्नर एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर दिएको छ । यसमा ५ इन्चको टीएफटी स्मार्ट कन्सोल दिएको छ । यसमा स्मार्टफोनका साथै गो प्रो समेत कनेक्ट गर्न सकिने छ ।

त्यस्तै टीभीएसले पहिलो पटक मोटरसाइकलमा क्लाइमेट कन्ट्रोल फिचरको प्रयोग गरेको छ । अपाचे आरटीआरको सिट मौषम अनुसार तातो र चिसो बनाउन सकिने कम्पनीले बताएको छ ।

टीभीएस ३१० स्ट्रीटमा ३१२ सीसी क्षमता भएको लिक्विड कुल्ड सिंगल सिलिन्डर फोर भल्ब इन्जिन रहेको छ । यो इन्जिनले ३५ बीएच पावर र २७.८ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले अपाचे आरआर ३१० मा भएको इन्जिनलाइ रिफाइन गरेर ल्याएको हो ।

यसमा ६ स्पीडको गियरबक्सका साथै स्लीपर क्लच, स्पोर्टस् मोड, अर्वान, रेन र ट्रयाक मोडसहित ५ राइड मोड उपलब्ध रहेको छ ।

आरटीआर ३१० अल एलइडी लाइट, गोल्डेन यूएसडी फर्क, स्प्लीट सिट, अपस्वेप्ट एक्जष्ट दिएको छ । साथै, कस्टोमाइज गर्ने अप्सन ‘टीभीएस ब्युल्ट टू अर्डर प्लेटफर्म’मा आउने छ ।


Back_to_top