प्रदर्शनी हल सिंगार गर्दै गाडी बिक्रेता, हेर्नुहोस् ११ तस्बिर

काठमाडौं । दुई दिनपछि सुरु हुने नाडा अटो शो २०२३ मा आफ्ना उत्पादन राम्रोसँग प्रदर्शनी गर्न विभिन्न कम्पनीले स्टल निर्माणलाई तिब्रता दिएका छन् । हरेक ब्राण्डले आफ्नो स्टाल बनाउँन सधै तिब्र प्रतिस्पर्धा गर्ने गरेका छन् ।

आगामी मंगलबारबाट आयोजना हुने पन्ध्रौं संस्करणको अटो शोमा धेरै मानिसको चासो देखिन्छ । विशेषगरी नयाँ आउने प्रोडक्टर र भएका प्रोडक्टको शोकेस कम्पनीहरुले कसरी गर्छन् भन्ने विषयमा आमचासो हुने गरेको पाइन्छ ।

अहिले भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल र बाहिर रहेको डोमहरुमा स्टल निर्माणको काम चलिरहेको छ । यस्तोमा अहिलेसम्म भएका कामलाई फोटो फिचरको रुपमा हामीले यहाँ प्रस्तुत गरेका छौं ।


Back_to_top