सार्वजनिक यातायातका चालकले ३० जना यात्रुसहितको बसको स्टेरिङ्ग बाँदरलाई चलाउन दिएको भिडियो सोसल मिडियामा भाइरल भएको छ । उक्त घटना भारतको कर्नाटक राज्यमा भएको हो ।
यसरी पब्लिक बस बाँदरलाई चालाउन दिएका चालकले भिडियो सार्वजनिक भएसँगै आफ्नो जागीर गुमाएका छन् ।
३६ बर्षिय ड्राइभर एम प्रकाशले उक्त बाँदरलाई गाडी चलाउन दिएको भिडियो एक यात्रुले खिचेर अपलोड गरेका थिए । जसमा चालक एम प्रकाश मुस्कुराउदै बाँदरको ढाडमा सुम्सुमाउदै गाडी चलाउन दिइरहेका छन् ।
बाँदरले सो बसलाई करिब १० मिनेट चलाएको बताइएको छ । सो भिडियोमा चालकले एक हातले स्टेरिङ्ग समाती रहेका र आफ्नो ध्यान बाटोमा केन्द्रित राखेको देखिएको छ ।
यो घाटना गत सोमबारको भएता पनि सम्बन्धीत निकायका अधिकारीहरुले सोसल मिडियामा भाईरल भएपछि मात्र शनिबार थाहा पाएका थिए । उक्त समयमा सो बस आफ्नो नियमित रुटमा चलिरहेको थियो ।
सो बाँदर एक यात्रुसँग गाडीमा चढेको र कतै बस्न नमानेको जनाइएको छ । अन्त्यमा ड्राइभर अगाडिको स्टिेरिङमा उक्त बाँदर बस्न मानेको थियो ।
साउथ कर्नाटक स्टेटको रोड ट्रान्सपोर्ट कर्पोरेशनका प्रबक्ता टिएस लादाले ‘ड्राइभरले यात्रुहरको सुरक्षामा खेलाबाड गरेकोले उनलाई डिउटीबाट हटाइएको जनाएका छन् ।


