लिफान इलेक्ट्रीकको दशैं स्कीम, स्कुटर किन्दा ५० हजारसम्म नगद छुट

काठमाडौं । इलेक्ट्रीक स्कुटर लिफानको दशैैं स्कीम सार्वजनिक भएको छ । कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘यसपाली दशैं लिफान सँगै’ स्कीम सार्वजनिक गरेको हो ।

लिफानको नेपालका लागि आधिकारिक बिक्रेता  पिनाकल मोटार्डले स्कुटर खरिदमा नगद छुट तथा एक्सचेन्ज र फाइनान्स सुविधासमेतको दशैं स्कीम सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत स्कुटर किन्ने ग्राहकले ५० हजारसम्म नगद छुटसहित १ वर्षको रोड ट्याक्स तथा १ वर्षको फ्री सर्भिस उपलब्ध गराउने भएको हो ।

यस्तै, ग्राहकले कुनै पनि ब्रान्डको पुराना स्कुटर तथा मोटरसाइकलसँग लिफानको नयाँ स्कुटर एक्सचेन्जका साथै फाइनान्स सुविधा लिन सक्नेछन् । कम्पनीले ब्याज नलाग्ने स्कीममा समेत इलेक्ट्रीक स्कुटर उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले लिफान ई ३ को मूल्य २ लाख ४९ हजार, ई फोरको मूल्य ३ लाख ९ हजार र ई फोर ब्रीङको मूल्य ३ लाख १४ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।


Back_to_top