एमजीको १४ औं शोरुम भक्तपुर गठ्ठाघरमा

काठमाडौं । मोरिस ग्यारेज (एमजी)को आधिकारीक वितकर पारामाउन्ट मोटर्सले भक्तपूरको गठ्ठाघरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । उक्त शोरुम नेपालमा एमजीको १४ औं शोरुम हो भने, पारामाउन्टको आफ्नै दोस्रो शोरुम हो ।

पारामाउन्ट मोटर्सले अहिले चीन र भारतमा उत्पादन भएका पेट्रोलियम पदार्थबाट चल्ने एसयूभी र इलेक्ट्रीक कारहरु बिक्री गर्दै आएको छ । कम्पनीको सर्वाधिक सफल एमजी जेडएस ईभी २०१९ देखि नेपालमा निकै रुचाइएको मोडलमा पर्दै आएको छ ।

केहि हप्ता अघि मात्रै पारामाउन्टले एमजीको प्रिमियम ह्याचव्याक कार एमजी४ र सिटी कार कोमेट गरी दुई नयाँ मोडलको नेपालमा बिक्री सुरु गरेको छ ।

नयाँ शोरुमको उद्घाटन गर्दै पारामाउन्ट मोटर्सका जनरल मेनेजर सचिन अर्यालले भने ‘उपत्यकामा दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनिय स्वामित्व अनुभव प्रदान गराउने हाम्रो प्रतिवद्धतालाई प्रष्ट पारेको छ । ग्राहकहरुले नविनतम टेक्नोलोजीमा आधारित एमजीका मोडलहरु एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौ ।’

एमजीले एकपछि अर्को नयाँ इलेक्ट्रीक भेहिकल ल्याउनुको साथै, चार्जिङ स्टेशन नेटवर्कसमेत बिस्तार गरिरहेको छ । एमजीले नेपालको मुख्य सहर र राजमार्गहरुमा १९ वटा चार्जिङ स्टेशन बनाइसकेको छ । कम्पनीले यो संख्यालाई सन् २०२३ को अन्त्यसम्ममा ५० बनाउने लक्ष्य लिएको छ ।


Back_to_top