महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ बढेको मूल्य

काठमाडौं । बजाज मोटरसमाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले असोज १० गतेदेखि लागू हुने गरेर नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार अधिकांस मोटरसाइकलको मूल्य वृद्धि भएको छ ।

बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले १३ मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको हो । मोटरसाइकलको मूल्य २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मले वृद्धि भएको छ ।

कम्पनीले १२५ सीसी क्षमताका २ मोडलमा २ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो भने पल्सर एनएस १६० बीएस ६ मा पनि २ हजार रुपैयाँ वृद्धि गरेको छ ।

अन्य ८ मोडलका मोटरसाइकलको मूल्य यथावत रहेको छ भने ८ मोडलको मूल्य ३ हजार र पल्सर एनएर २००को वेस भेरियन्टमा ५ हजार रुपैयाँले वृद्धि भएको छ ।

यस्तो छ नयाँ मूल्यसूची


Back_to_top