क्रयास टेस्टमा ५ स्टार रेटिङ पाउने पहिलो हुन्डाई मोडल बन्यो ‘भर्ना’

काठमाडौं । हुन्डाईको सेडान कार भर्नाले ग्लोबल एनक्याप क्रयास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । योसँगै भर्ना हुन्डाईले भारतमा उत्पादन गरेको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाउने पहिलो मोडल बनेको हो ।

यसअघि हुन्डाईले भारतमा उत्पादन गरेको गाडीले ४ स्टारसम्म रेटिङ पाएको थियो । कम्पनीले भर्नामा ६ वटा एयरव्याग, इएससी, पछाडि आईएसओफिक्स चाइल्ड सिट, सबै सिटमा सिटबेल्ट रिमाइन्डर स्ट्याडर्ड फिचरको रुपमा दिएको छ ।

क्र्यास टेष्टमा भर्नाले एडल्ट अकुपेन्टमा कुल ३४ अंकमा २८.१८ अंक पाएको हो । साथै, चाइल्ड अकुपेन्टमा ४९ मा ४२ अंक पाएर एडल्ट र चाइल्ड दुबैको सुरक्षामा अब्बल बन्दै ५ स्टार रेटिङ पाएको हो ।

चाइल्ड सेस्ट्रेन्ट सिस्टममा १२ मा १२ तथा डाइनामीक स्कोरमा २४ मा २४ प्वइन्ट पाएको भर्नामा ग्लोबल एनक्यापले क्रयास टेस्ट गर्दा १८ महिनाको र ३ वर्षको बच्चाको डमी राखेको थियो ।

भारतीय बजारमा हुन्डाई भर्नाको मिडसाइज सेडान सेग्मेन्टमा स्कोडा स्लाभिया तथा फक्सवागेनको भर्टुससँग प्रतिस्पर्धा रहेको छ । यी तीनैवटा कारले ग्लोबल एनक्याव क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएका छन् ।

यसअघि नेपालमा बिक्री भएपनि भर्ना पछिल्ला वर्षहरुमा नेपाल आएको छैन ।


Back_to_top