निसान लिफ माथि महालक्ष्मीथानमा रुख ढल्दा…

काठमाडौं । ललितपूरको महालक्ष्मी थानमा निसान लिफ माथि रुख ढलेको छ । गुडिरहेको गाडीमा रुख ढलेर परेपनि कुनै पनि किसिमको क्षेती भएको थिएन ।

वागमती प्रदेश ००१/०२६ च ४१०९ नम्बरको निसान लिफ माथि रुख ढलेको हो ।

निसान लिफ विश्व बजारमा सबैभन्दा पहिला आएको मास मार्केट ईभी मोडल हो । सन् २०१० देखि निसानले बिक्री गर्दै आएको निसान लिफ सन् २०२१ मा नेपाल आएको थियो ।

‘दुर्घटना ठूलै परेको हो । तर, गाडीमा त्यस्तो समस्या छैन । यात्रा गर्नेहरु पनि सबैलाई कुनै समस्या भएन । अहिले गाडी सर्भिस सेन्टरमा ल्याएको छ । सामान्य डेन्ट पेन्ट बाहेक अन्य कुनै समस्या छैन’, निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्प स्रोतले भन्यो ।

दुर्घटनापछिको तस्विरमा पनि गाडीमा त्यस्तो ठूलो क्षेती नभएको देखिन्छ । गाडीको छतमा नै रुख डलेर परेको कारण सामान्य कुच्चेको छ भने गाडीमा पेन्ट कोरिएको छ ।

गाडीको कुनै पनि पार्टस्मा असर नपरेको कारण डेन्ट बाहेक अन्य काम गर्नु नपर्ने सर्भिस सेन्टरका कर्मचारीहरुको भनाइ छ ।

जापानमा बनेको निसान लिफ सुरक्षाको लागि परिचित ब्राण्ड हो । यस्तोमा कम्पनीको पहिलो इलेक्ट्रीक मोडल माथि रुख ढलेपनि गाडीमा कुनै गम्भिर किसिमको क्षेती पुगेको छैन ।


Back_to_top