काठमाडौं । चिनियाँ ब्राण्ड बीवाइडीको सर्वाधिक चर्चित क्रसओभर मोडल Atto3 ले यूरोपियन ‘न्यू कार एसिसमेन्ट प्रोग्राम’ (यूरो एनक्याप) अन्तर्गतको ‘इन्डीपेन्डेन्ट इन्भारोमेन्टल कार टेस्टीङ एजेन्सी’बाट गरिने ग्रीन-एनक्याप परिक्षणमा ५ स्टार रेटिङ पाएको हो ।
ग्रीन एनक्यापले कारले वातावरण, स्थीरता र उर्जा दक्षतामा कति असर गर्छ भन्ने परिक्षण गरेर अंक दिन्छ । जसले यी सबै इन्डीकेटरमा राम्रो पफर्मेन्स गर्छ उसले राम्रो रेटिङ पाउने छ ।
बीवाइडीको ग्लोवल मोडल Atto3 चीनबाट सबैभन्दा धेरै निर्यात हुने मोडल हो । कम्पनीले आफ्नो इलेक्ट्रीक प्लेटफर्म ३.० मा बनाएको Atto3 अउडीका पूर्व डिजाइनर र अहिले बीवाइडीको डिजाइन डाइरेक्टर वुल्फगैग एगरले डिजाइन गरेका हुन् ।
विश्व बजारमा आएको १८ महिना मै Atto3 लाई विश्वभर ५ लाखभन्दा बढि यूनिट बिक्री गरिएको छ ।
यस्तो छ ग्रीन एनक्यापको रिपोर्ट
यूरोपियन एनक्यापको ग्रीन एनक्याप रिपोर्ट अनुसार Atto3 ले माइनस ७ डिग्री सेल्सीयसमा परिक्षण गर्दा उत्कृष्ट कार्य गरेको थियो । जहाँ यो एसयूभीलाई १०० किलोमिटरको यात्रा गर्न २५.१ किलोवाट आवर इनर्जी खर्च भएको थियो । उक्त रिजल्टले Atto3 मा उत्कृष्ट डिजाइनको ‘हिटिङ सिस्टम’ रहेको पुस्टी गरेको छ ।
त्यसैगरी, ब्याट्री क्षमता परिक्षणमा ११ किलोवाटको चार्जिरले पनि स्लो चार्ज भएको थियो । साथै, यसको ब्याट्रीमा ५९.३ किलोवाट आवरको इनर्जी भरिएको थियो । जुन कम्पनीले दावी गरेको ६० किलोवाट आवरको एकदमै नजिक हो । Atto3 मा आधुनिक एलएफपी ब्लेड ब्याट्रीको प्रयोग गरिएको छ ।
६० किलोवाटको ब्याट्री फुल चार्ज हुनका लागि इलेक्ट्रीसीटीको ग्रिडबाट ६८.४ किलोवाट आवर प्रयोग भएको थियो । यसले ८७ प्रतिशतको अपेक्षाकृत मध्यम प्रकारको ‘ग्रिड टु ब्याट्री आउटपुट इफीसियन्सी’ देखाएको छ ।

Atto3 ले १०० किलोमिटरमा १६ किलोवाट आवरको ब्याट्री खर्च हुने घोषणा गरको छ । जसमा कोल्ड टेस्टमा १०० किलोमिटरका लागि १८.२ किलोवाट आवरको इनर्जी खर्च भएको थियो । न्यानो वातावारणमा १८ किलोवाट आवर खर्च भएको थियो । हाइवेमा भने १०० किलोमिटरको यात्रामा २८.१ किलोवाट आवर खर्च भएको थियो । यसको आधारमा २४४ किलोमिटरको रेन्ज दिने पुस्टी गरेको छ ।
तर, १९ डिग्री तापक्रममा चलाउँदा १०० किलोमिटरमा १८ किलोवाट आवर इनर्जी खर्च भएको थियो । यसका आधारमा Atto3 ले ३७६ किलोमिटरको रेन्ज दिने पुस्टी गरेको छ ।
समग्रमा Atto3 ले क्लिन एयर इन्डेक्समा १० मा १० पाएको छ । त्यस्तै, इनर्जी इफिसियन्सी इन्डेक्समा १० मा ९.५ र ग्रिनहाउस ग्यास इन्डेक्समा १० मा ९.५ अंक पाएको हो ।
ईयू एनक्यापले गरेको यो टेस्टमा Atto3 को १५० किलोवाटको मोटर भएको ६० किलोवाट आवरको ब्याट्री प्याक मोडलको प्रयोग भएको हो ।

