२० हजार नगद छुटमा जिहो इलेक्ट्रीक स्कुटर किन्न सकिने, यस्तो छ दशैं स्कीम

काठमाडौं । जिहो इलेक्ट्रीक स्कुटरले दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नगद छुटसहित एक्सचेन्ज तथा फाइनान्स स्कीम सार्वजनिक गरेको हो ।

अन्ना इन्टरनेशनलले र रिलायन्स ग्रुपको सहकार्यमा बिक्री भइरहेको जिहोले नगद २० हजार छुट भएको ‘जिहो उमंग पर्व’ योजना ल्याएको हो ।

यो स्कीम अन्तर्गत इलेक्ट्रीक स्कुटर किन्ने ग्राहकले २० हजार नगद छुट पाउने छन् । साथै, हेलमेट, १ वर्षको रोड ट्याक्स र १ वर्षको फुल इन्स्योरेन्स निःशुल्क पाउने छन् ।

त्यस्तै, कम्पनीको एक्सचेन्ज योजनामा ग्राहकले कुनै पनि ब्रान्डका पुराना तथा नयाँ मोटरसाइकलसँग जिहोका नयाँ मोटरसाइकल साट्न सक्नेछन । पुरानो मोटरसाइकलमा कम्पनीले बजार मूल्यमा थप १० हजार मूल्याङ्कनमा दिने कम्पनीले जनाएको छ ।

फाइनान्स योजनामा ग्राहकले वार्षिक ६.९९ प्रतिशत व्याजदरमा जिहो इलेक्ट्रीक स्कुटर खरिद गर्न सक्नेछन् ।

जिहो एई-८

जिहो इलेक्ट्रीक स्कुटर एई-८ स्कुटरमा ५ किलोवाट क्षमताको लिक्वीड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ हर्सपावर जेनेरेट गर्छ । जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।

यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटले ०-५० को स्पीड मात्र २.६ सेकेन्डमा भेट्टाउने छ । यसमा रिमुभ एबल लिथियम आयोन डबल ब्याट्री अप्सन दिइएको छ । आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

स्कुटरलाई फुल चार्ज गर्न ६ घण्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुविधासमेत उपलब्ध छ । यो स्कुटरमा ५ इन्चको एलसीडी कर्भ इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । त्यस्तै यसमा तीन राइड मोड, एडप्टीभ हेडल्याम्प, डिस्र्टबेन्स अर्लाम, एन्टी थेफ्ट अर्लाम, स्मार्ट कनेक्ट जस्ता फिचर उपलब्ध छन् ।

४ लाख ९० हजार रुपैयाँमा बिक्री भइरहेको यो स्कुटर दशैं स्कीममा ४ लाख ७० हजारमा किन्न सकिने छ ।


Back_to_top