२४ लाखको कार किन्दा स्कुटर उपहार

काठमाडौं । हेनरी कारको नेपालको लागि आधिकारिक बिक्रेता पायोनीयर वर्ल्डवाईड प्रालिले आउँदै गरेको दशैं तिहार र छठको अवसरमा ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ कम्पनीले ल्याएको स्कीममा हेनरी कार किन्दा स्कुटर उपहार दिन लागेको हो ।

‘दशैं तिहारको बहार, कार किन्दा स्कुटर उपहार’ नामक योजना ल्याएको कम्पनीले ग्राहकको दुई पाङ्ग्रे र चार पाङ्ग्रे साधनको आवस्यकता एकैपटक पुरा गर्ने भएको हो । २४ लाख ५० हजार मूल्य रहेकाे हेनरी मिनीकार किन्दा स्कुटर सित्तैमा पाउन सकिने छ ।

असोज १५ गतेदेखि लागु भएको यो स्कीम मङ्सिर ५ गतेसम्म चालु रहने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । हेनरी कार खरिद गर्ने प्रत्येक ग्राहकले इकुटर ब्रान्डको ईटी-३ मोडेल उपहार पाउने छन् ।

साथै, कम्पनीले कारमा पनि थप छुट दिएको छ । हेनरी कारमा एक बर्षको बीमा र एक वर्षको वार्षिक कर पनि कम्पनी तिरिदिने जनाएको छ ।

चिनियाँ डोङफेङ ग्रुप र निसान मोटर्सको संयुक्त लगानीमा निर्माण भएको हेनरी मिनी कार विगत वर्षदेखि नेपाली बजारमा उपलब्ध छ । यो कारमा १७ किलोवाट आवरको ब्याट्री र ३५ किलोवाटको मोटर छ ।

मिनी कार भएपनि ५ ढोकाको साथ आउने यसमा अलोय ह्वील, एबीस, हिलहोल्ड अस्सिस्ट, इलेक्ट्रोनीक स्टेरिङ्ग, पावर विन्डो, रिभर्स पार्किङ क्यामेरा, रिभर्स पार्किङ सेन्सर, ड्राभर साइड एयरब्याग पाउन सकिन्छ ।

स्टेरिङ्ग माउन्ट कन्ट्रोल बटम, डे टाइम रनिङ लाइट, एलइडी हेडलाइट जस्ता फिचर अपग्रेड भएर आएको कम्पनीका निर्देशक श्यामसुन्दर सापकोटाले बताए । साथै, नयाँ भर्सनमा पछाडिको लाइटको डिजाइन पनि परिवतन भएर आएको छ ।


Back_to_top