अशोक लेल्याण्डको शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा, पहिलो दिन १४ बुकिङ

double crown truck

काठमाडौं । अशोक लेल्याण्डले आफ्नो शक्तिशाली डबल क्राउन ट्रक नेपाली बजारमा ल्याएको छ । बुधबार इटहरीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले २५२३ मोडलको १० चक्के सो ट्रकलाई औपचारिक रुपमा बिक्री सुरु गरेको हो ।

यो ट्रकमा ९ स्पिड गेयरवक्स जडान गरिएको छ । साथै, नयाँ ट्रक सेग्मेन्टमै सर्बाधिक शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।

डबल क्राउन ट्रकमा २३० एचपी क्षमता भएको आई–ईजीआर टेक्नोलोजी सहितको बीएस४ इन्जिन जडान गरिएको छ । आई–ईजीआर र बीएस४ मापदण्ड जस्ता विशेषताका कारण यो बातावरणमैत्री र इन्धन किफयाती रहेको छ । यो ट्रकको पावर २४० एचपी छ । यसले नेपालको जुनसुकै भुभागमा पनि उच्च पर्फमेन्स गर्न सक्छ ।

अशोक लेल्याण्डले यसमा जेडएफ ब्रान्डको प्रमाणित १११० गियरवक्स दिएको छ । जसका कारण यसको ट्रान्समिसन इफिसेन्सि निकै नै अब्बल छ भने ड्राइभिङमा थकानको महशुस नहुने हुँदा स्मुथ फिल गर्न सकिन्छ । रोवोस्ट चेसिस फ्रेममा निर्माण गरिएको यो ट्रक एकदमै वलियो, स्थिर र मजबुत छ ।

यो नयाँ ट्रकमा अत्याधुनिक बुगिस सस्पेन्सन छ, जसले भारी लोड सहज रुपमा बाढ्छ जसले ट्रकको स्थिरता र यात्रा सुखदपुर्ण बनाउँछ । त्यस्तै यस ट्रकमा अधिक्तम लोडिङ स्पान भएको कारण उपभोक्ताहरुलाई ढुवानीमा सहजदा दिलाउँछ ।

नेपाली सडक र भुगोलका लागि एकदमै उपयोगी रहेको भन्दै सो कार्यक्रमा १४ जना ग्राहकले यसलाई वुकिङ गरेका छन् ।

शक्तिशाली इन्जिन, इन्धन किफायती विशेषता, अत्याधुनिक प्रविधीको ट्रान्समिसन र आईएमई मोटर्सले उपलब्ध गराउँदै आएको छिटो छरितो तथा प्रभावकारी आफ्टर सेल्स सर्भिसका कारण यो नयाँ ट्रकले नेपालको ढुवानी क्षेत्रमा निकै राम्रो प्रभाव पार्ने यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।


Back_to_top