यस्तो छ, टोयोटा यारिश ‘जीआर स्पोर्ट’

टोयोटाले फ्रान्समा आयोजित पेरिस मोटर शोमा यारिश जीआर स्पोर्ट सार्वजनिक गरेको छ । यारिश जीआरएमएनबाट प्रेरित यो मोडल यही वर्षको अन्त्यबाट युरोपियन बजारमा बिक्री सुरु गर्ने टोयोटाले जनाएको छ । 

कम्पनीले जीआर स्ट्रीम–लेभललाई पहिलोपटक यही मोडलमार्फत् परिचित गराएको हो । कम्पनीले गत जुलाईमा जीटी–८६ जीआर स्पोर्ट सार्वजनिक गरेको थियो ।

जीआर–स्पोट्र्समा १.५ लिटर फोर–सिलिन्डर हाइब्रिड पावरट्रेन इन्जिन दिइएको छ । यसले १०० एचपी पावर उत्पादन गर्ने गर्छ । टोयोटाले पफर्मेन्स अपग्रेडमा विशेष ध्यान दिएको छ । 

स्ट्यान्डर्ड यारिशको तुलनामा ग्राउन्ड क्लियरेन्सलाई ११ मिमि घटाइएको छ । जीआर स्पोट्र्समा १७ इञ्च अलोय ह्वीलका साथै यारिश जीआरएमएनमा उपलब्ध २०५/४५ आर–१७ ब्रिंजटोन पोटेन्जा आरई–५० टायरको प्रयोग गरिएको छ । साथै, यसमा रियर स्पोइलर, ब्लाक कलर सेम, फ्रन्ट ग्रिल, डोर मिरर र डोर मोडुलिङ्गलगायतका विशेषता दिइएको छ ।

एन्टीरियरमा जीआर–ब्रान्डेड सिट र थ्री–स्पोक स्टेयरिङ्ग ह्वीलको प्रयोग गरिएको छ भने डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको प्रयोग गरिएको छ । यारिश जीआरएमएनमा उपलब्ध १.५ लिटर पेट्रोल इञ्जिनले १०७ एची पावर उत्पादन गर्छ । 

यसमा सिक्स–स्पीड म्यानूअल गियरबक्सका साथै सिभीटी अटोमेटिक ट्रान्मिसन दिइएको छ । 


Back_to_top