भारतमा तयार हुँदै एमजीको नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । मोरिस ग्यारेज (एमजी) इन्डियाले लाइफ स्टाइल अफरोड एसयूभी सेग्मेन्टमा नयाँ मोडल ल्याउने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने माइक्रो एसयूभी इलेक्ट्रीक हुनेछ ।

कम्पनीले भारतमा उत्पादन गर्न लागेको माइक्रो एसयूभी एसयूभी ५ ढोक र ४ सिट क्षमताको हुनेछ । यसलाई सन् २०२४ को पहिलो क्वाटरबाट बजारमा उतार्नेगरी एमजीले काम गरिरहेको हो ।

भारतमा उत्पादन हुने माइक्रो एसयूभी चिनियाँ कम्पनी एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङ मिलेर बनाएको बाओजुन ब्राण्डको ‘एप’ मोडलमा आधारित हुनेछ । एमजी इन्डियाले यसअघि नै चीनको विलिङ ईभीलाई कोमेट नाम दिएर भारत उत्पादन गरिसकेको छ ।

चीनमा बाहोजुन एप मोडल ३ वटा मात्रै ढोकाको साथ उपलब्ध छ । तर, भारतमा बन्ने यही माइक्रो एसयूभीमा भने ५ ढोक हुनेछ । बाओजुन एपको लम्बाई ३३८१ एमएम, चौडाई १६८५ एमएम र उचाई १७२१ एमएम छ । भारतमा उत्पादन हुने मोडलको लम्बाई केही बढ्न सक्ने अनुमान गरिएको छ । यसमा २११० एमएमको ह्वीलवेस रहेको छ ।

बाओजुनमा २८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसमा ६७ हर्सपावर तथा १४० न्यूटन मिटर उत्सर्जन गर्नेे सिंगल मोटर सेटअप दिइएको छ ।

भारतमा उत्पादन हुने यो एसयूभीको लम्बाई करिब ४ मिटर हुने अनुमान गरिएको छ । लाइफस्टायल एसयूभी सेग्मेन्टमा आउने भएपछि यसमा ड्यूल मोटर सेटअपसहित अलह्वील ड्राइभ सिस्टममा आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top