काठमाडौं । इन्ड्युरो मोटर्सले इभोक इलेक्ट्रीकका उत्पादन फाइनान्समा उपलब्ध गराउने भएको छ । कम्पनीले फेस्टिभ सिजनको अवसरमा फाइनान्स स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको फाइनान्स स्कीम अन्तर्गत इभोकका प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ३० प्रतिशत डाउन पेमेन्टमा किन्न सकिने भएको हो ।
कम्पनीले नेपाली बजारमा विक्री गर्दै आएको अर्वान क्लासिक र अर्वान एसको मूल्य क्रमशः १२ लाख ५० हजार र १२ लाख रुपैयाँ रहेको छ ।
यी दुवै मोटरसाइकल ३० प्रतिशत डाउन पेमेन्ट गरेर ३० महिनाको किस्तामा बाँकी रकम बुझाउने गरी किन्न सकिने कम्पनीले जनाएको छ । यो स्कीममा ग्राहकले १५.५ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ ।
अर्वान क्लासिकको डाउन पेमन्ट तथा मासिक किस्ताको बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोला ।
अर्वान एसकाे डाउन पेमन्ट तथा मासिक किस्ताको बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोला ।
यस्तो छ मोटरसाइकल
इभोक अर्वान क्लासिक इलेक्ट्रीक मोटरसाइकलमा २५ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघण्टाको रहेको छ ।
अर्वान क्लासिकमा १०।४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ। यसले फास्ट चार्जर सपोर्ट गर्छ भने एक पटकको फुलचार्जमा २५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यो मोटरसाइकलमा मल्टिपल राइडिङ मोड उपलब्ध छ ।

