दशैंमा उपत्यका घुम्न अनलाइनबाटै मोटरसाइकल पाइने

काठमाडौं । दशैं मनाउन काठमाडौं छाडेर २० लाख हारहारीमा गाउँ जाने गर्छ । तर, केही मानिसहरु भने दशैं मनाउन काठमाडौं आउने पनि भेटिन्छन् । यसरी केही दिन काठमाडौं घुम्न आउने मानिसहरुलाई ध्यानमा राखेर अनलाइनबाटै मोटरसाइकल भाडामा लिन सकिन्छ ।

यसअघि मोटरसाइकल भाडामा दिने रेन्टल सपहरु खोज्दै हिड्नु पर्ने बाध्यता कम्पनीहरुले हटाएका छन् । रेन्टल कम्पनीहरुले वेवसाइट बनाएर भाडामा लगाउँदै आएका छन् ।

कम्पनीहरुले ग्राहकहरुलाई सहज होस भनेर वेवसाइटमा नै मोटरसाइकल लिस्टिङ तथा मूल्य लगायतका जानकारी राखेका छन् ।

लामो समयदेखि मोटरसाइकल रेन्टलको काम गर्दै आएको सीटी मोटरबाइकले वेवसाइमा नै आफ्ना मोटरसाइकल तथा स्कुटरको मूल्य तथा सबै जानकारी राखेको छ ।

त्यस्तै बीएस मोटरसाइकलले सबै ब्रान्डको स्कुटर तथा मोटरसाइकलको मूल्य तथा विभिन्न प्याकेजसमेत वेवसाइटमा नै राखेको छ । आफ्नो आवश्यकता अनुसारको साधन ग्राहकले अनलाइन मार्फत नै छनोट गर्न सक्नेछन् ।

विशेषत घरमा मोटरसाइकल नराख्ने तर चलाउन मनपराउने र सहरी क्षेत्रमा कामको शिलसिलामा मोटरसाइकल प्रयोग गर्न चाहने मानिसलाई केन्द्रमा राखेर यस्ता रेन्टल कम्पनीहरु संचालनमा आएका हुन् ।

त्यसैगरी महर्जन बाइक हायरले पनि आफ्नो सम्पुर्ण जनाकारी वेवसाइटमा नै राखेको छ । मोटरसाइकल रेन्टमा लिन चाहनेले वेवसाइटमा नै गएर सम्पुर्ण जानकारी लिन सक्नेछन् ।

प्रायःजसो आन्तरिक तथा बाहिय पर्यटकहरु यस्ता रेन्टल कम्पनीका ग्राहक हुन्छन् । काठमाडौंमा यात्रा गर्न, अफरोड ट्रेलहरु जान वा काठमाडौं वरिपरी द्रुत यात्रा गर्नको लागि गाडीहरुको विकल्पमा मोटरसाइकल भाडामा लिने गरिएको रेन्टल ब्यवसायीहरु बताउँछन् ।

चाडपर्वको समयमा काठमाडौंका सडकहरु खुल्ला हुने भएका कारण उपत्यकामा नै बाइकको माग धेरै हुन्छ । अन्य समयमा अफरोड तथा लामो यात्रामा जानेहरुले बाइक धेरै लिने गरेको ब्यवसायीहरु बताउँछन् ।


Back_to_top