काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी CATL ले आफ्नो तिब्र गतिमा चार्ज हुने ‘शेनसिङ’ सुपरफास्ट चार्जिङ ब्याट्रीको घोषणा यसअघि नै गरेको थियो ।
सन् २०२४ को सुरुवातसँगै ब्यवसायीक उत्पादन सुरु हुन लागेको शेनसिङ ब्याट्रीको पहिलो प्रयोग चेरीले गर्ने भएको छ । चेरीले नयाँ ब्याट्री प्रयोग गर्ने जानकारी दिदै CATAL ले भनेको छ, ‘हाम्रो सुपरफास्ट चार्जिङ ब्याट्री चेरीको ‘स्टेरा’ मोडलमा प्रयोग हुन्छ ।’
यो नयाँ ब्याट्री १० मिनेटको चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम हुनेछ । यो सुपरफास्ट चार्ज हुने ब्याट्रीले फुलचार्जमा ७०० किलोमिटरसम्म रेन्ज हुनेछ ।
नयाँ ब्याट्रीको प्रयोग हुने कारहरु यूरोप, मिडल इष्ट, नर्थ अमेरिका, आशियान जस्ता क्षेत्रमा बिक्री गर्ने चेरीले जनाएको छ । सीएटीएलले भने आफ्नो नयाँ ब्याट्री चेरीसँगै, एभीटा, नेटा जस्ता ब्राण्डले प्रयोग गर्ने जनाएको छ ।

