काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले युरोपको लागि नयाँ इलेक्ट्रीक कार ec3 बजारमा ल्याउने भएको छ । कम्पनीले यसको विष्तृत विवरण सार्वजनिक गर्दै यूरोपमा सार्वजनिक गर्न तयार भएको जनाएको हो ।
अहिले भारतमा उत्पादन भएर नेपालमा पनि बिक्री हुँदै आएको ec3 कै प्लेटफर्ममा बनेको भएपनि यसमा फिचरहरु भने विल्कुलै फरक छ । भारतमा बजेट कार उत्पादन गरेको कम्पनीले यूरोपमा भने केही महंगो मूल्यमा बिक्री गर्नेगरी यसलाई तयार गरेको हो ।
नयाँ ec3 मार्फत कम्पनीले आफ्नो नयाँ लोगोसमेत प्रयोगमा ल्याउने भएको छ । यसअघिको लोगोमा परिमार्जन गरेर कम्पनीले नयाँ लोगो तयार गरेको हो ।
प्लेटफर्म एउटै भएपनि यूरोपको लागि तयार भएको इसी३ मा डोर ह्यान्डल, टेलगेट, टेल ल्याम्प र रियर वम्पर नयाँ प्रयोग गरिएको छ । साथै, यसको बडी डिजाइनमा सामान्य परिवर्तन भएपनि इन्टेरियर धेरै फिचर हुने छ ।
भारतीय बजारमा उपलब्ध ec3 मा २९ किलोवाट आवरको मात्रै ब्याट्री प्याक उपलब्ध भएपनि यूरोपियन स्पेकमा ४४ किलोवाट आवरको ब्याट्री रहने छ ।
सिट्रोनले यसमा ८३ किलोवाट क्षमताको इलेक्ट्रीक मोडल दिएको छ । जबकी भारतीय मोडलमा भने ४२ किलोवाट इलेक्ट्रीक मोटर जडान गरिएको छ ।
सिट्रोनले इसी३ मा ड्यूल कलर ड्यासबोर्ड, स्टेरिङ माउन्टेड कन्ट्रोल बटम, पुरै नयाँ लाग्ने डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, हेड अप डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, आरामदायी सिट जस्ता फिचर उपलब्ध हुनेछन् ।
यूरोपियन स्पेकमा १७ इन्चको एलोय ह्वील, डुअल टोन एक्सटेरियर पेन्ट, अटो वाइपर, पावर फोल्डिङ एण्ड हिटेड सीट, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस चार्जर पाउन सकिन्छ ।

