यी हुन्, यो हप्ता बजारमा सार्वजनिक भएका ४ कार

भारतीय बजारमा यो हप्ता बिभिन्न कम्पनीका ४ नयाँ कार सार्वजनिक भएका छन् । विशेषगरी दिपावली नजिकिएसँगै भारतीय बजारमा कम्पनीहरुले धमाधम आफ्ना उत्पादन बाहिर ल्याउन सुरु गरेका हुन् । 

यस्तोमा अक्टोबर महिनाको दोस्रो हप्तामा टाटाले आफ्ना २ नयाँ गाडीको फेसलिफ्ट गरेको छ । जसमा टाटा टिगोर र हेग्जा रहेका छन् । त्यसैगरी होन्डाले आफ्नो एसयूभी सिआरभीको ५ औं जेनेरेशन बाहिर ल्याएको छ भने ड्याट्सनले गो र गो प्लसको फेसलिफ्टलाई बजारमा उतारेको छ । 

होन्डा सिआरभी


होन्डा मोटर्सले मिड साइज एसयूभी सिआरभीको ५ औं जेनेरेशनलाई भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पुरानो भर्सनको तुलनामा यो कारलाई निकै ठुलो बनाएको छ । साथै गाडीमा नयाँ डिजाइन सेन्टर कन्सोलको प्रयोग गरिएको छ ।

परिस्कृत इन्फोटेन्टमेन्ट सिस्टम रहेको गाडीमा ७ इन्च टचस्कृन दिइएको छ जसले एन्ड्रोइड अटो, एप्पल कार प्लेजस्ता फिचर सपोर्ट गर्ने छ । 

१.६ लिटर डिजेल इन्जिन रहेको यसले ११८ बिएचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । ९ स्पीड अटोमेटिक ट्रान्समिसिन रहेको छ । साथै, २.० लिटर पेट्रोल इन्जिनमा समेत यो एसयूभीलाई बजारमा उतारेको छ । जसले १५१ बीएचपी पावर र १८९ एनएम टर्क उत्पादन गर्छ ।  

टिगोर फेसलिफ्ट 


टाटा मोटर्सले टिगोर फेसलिफ्ट भारतीय बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसमा थुप्रै कस्मेटिक परिर्वतन गरेको जनाएको छ । साथै, कारका धेरै फिचरहरु अपग्रेड गरिएको छ । पछिल्लो दिनमा कम्पनीले पाएको सेल्स ग्रोथलाई अझै आक्रमक बनाउन कम्पनीले ऋतिक रोसनलाई टिगोरको ब्रान्ड एम्बेस्डर बनाएको छ । 

नेक्सन र टियागोबाट लिइएको प्रिमियम फिचर नयाँ टिगोरमा थप गरेको कम्पनीले जनाएको छ । टिगोर फेसलिफ्ट ५ भेरिएन्ट पेट्रोल र ४ भेरिएन्ट डिजेलगरी ९ भेरिएनटमा बजारमा उपलब्ध गराएको छ । 

एयर भेन्ट्स र इफोटेन्टमेन्ट सिस्टम, लेदर सीटमा परिर्वतन गरिएको छ । यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यसले भिडियो प्ले, रिर्भस क्यामेरा र एन्ड्रोइड अटोलगायत सपोर्ट गर्ने छ । 

टिगोर फेसलिफ्टमा १.२ लिटर रेवोट्रन पेट्रोल इन्जिन दिइएको छ । जसले ८४ बीएचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्नेछ । कारमा दिइएको १.०५ लिटर रेवोट्रर्क डिजेल इन्जिनले ६९ बीएचपी पावर र १४० एनएम टर्क जेनेरेट गर्नेछ । पाँच स्पीड म्यानुयल र एएमटी दुबै ट्रान्समिसनमा यो कार बजारमा उपलब्ध रहने छ ।

ड्याट्सन


ड्याट्सनले भारतीय बजारमा २०१८ ड्याट्सन गो र गो प्लस फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । नयाँ गो रेन्जलाई कम्पनीले  ४ वर्षपछि फेसलिफ्ट गरेको हो । कम्पनीका अनुसार नयाँ गो र गो प्लसमा सुरक्षाका लागि थप सेफ्टी फिचर दिइएको छ । 

यस कारमा नयाँ फ्रन्ट बम्पर दिइएको छ भने, एडिसन एयरड्याम, शार्प मस्कुलर लाइन्स तथा एलइडी डेटाइम रनीङ लाइट दिइएको छ । दुवै कारमा १४ इन्चको डाइमन्ड कट अलोय ह्वील दिइएको छ । 

सबै विशेषताहरु समान भएका यी दुई कारको सिट क्षमता भने फरक–फरक रहेको छ । ड्याट्सन गोमा ५ सीट क्षमता दिइएको छ भने गो प्लसमा ७ सिट क्षमता रहेको छ ।  

दुवै कारको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । यी दुवै कारमा १.२ लिटर, थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ जसले ६७ बीएचपी पावर र १०४ एनएम टर्र्र्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुअल गियसबक्स जडान गरिएककको छ । 

हेक्जा


दिपावलीलाई केन्द्रमा राखेर टाटा मोटर्सले हेक्जाको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टाटा हेक्जाको नयाँ भर्सन ‘एक्सएम प्लस’ सार्वजनिक गरेको हो ।

कम्पनीले बिभिन्न नयाँ फिचरका साथै बजारमा ल्याएको फ्ल्यागशिप एसयूभीमा नयाँ १६ इन्चको अलोय ह्वील दिइएको छ । फ्रन्ट फग ल्याम्पका साथै रिवर्स पार्किङ सेन्सर क्यामेरा, इलेक्ट्रिक विग मिररजस्ता थप फिचरसहित आएको छ । ड्यासबोर्डमा सफ्ट टच लेदर स्टेयरिङ ह्वील तथा अटोमेटिक क्लाईमेट कन्ट्रोल एसी दिइएको छ । यसका साथै कम्पनीले थुप्रै नयाँ फिचर्सहरु परिमार्जन गरेको छ । 

एक्सएम प्लसमा क्रुज कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, रेन सेगिङ वाइपर्स तथा सनरुफ दिएको छ । कम्पनीले यसको इन्जिनमा भने कुनै परिवर्तन गरेको छैन । 

हेक्सामा २.२ लिटर इन्जिन रहेको छ जसले १५४ बीएचपी पावर तथा ४०० एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको अटोमेटिक तथा ६ स्पीडको मेनुअल गियर बक्स दिएको छ ।


Back_to_top