काठमाडौं । जर्मन ब्राण्ड अउडीले चीनमा उत्पादन हुने आफ्नो विद्युतीय कारमा बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्ने भएको छ । अउडीले आफ्नो नयाँ मोडल ‘क्यूसिक्सएल’ लगायतका नयाँ मोडलमा ब्लेड ब्याट्री प्रयोग गर्ने भएको हो ।
बीवाइडीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गर्ने अउडीका कार विशेषत चिनियाँ बजारमा नै बिक्री गर्ने कम्पनीले जनाएको छ । चीनमा अउडीका कारहरुहरु एफएडब्लूले उत्पादन गर्दै आएको छ ।
चीनमा एफएडब्लू र फक्सवागेनको संयुक्त लगानीको नयाँ भेन्चर नै स्थापना गरेर अउडीका कार उत्पादन गर्न लागेको हो । यो संयुक्त लगानीमा वार्षिक १ लाख ५० हजार यूनिट विद्युतीय कार उत्पादन हुनेछ ।
बीवाइडीको ब्लेड ब्याट्री सुरक्षा र पर्फमेन्सको लागि चर्चित रहेको छ । त्यसैले विश्वका धेरै ईभी निर्माताले ब्लेड ब्याट्री प्रयोग गर्दै आएका छन् ।


