काठमाडौं । चीनकै चौथो ठूलो विद्युतीय कार निर्माता ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन (जीएसी)को इलेक्ट्रीक ब्राण्ड एवोनले कम मूल्यको हाइपर जिटी कार सार्वजनिक गरेको छ । मूल्यको हिसावले २९ हजार ५२० डलर कायम भएर बिक्री सुरु भएको उक्त कार सर्वाधिक सस्तो हाइपर जिटी मोडल मान्न सकिन्छ ।
जीएसी एवोनले गलवीङ (माथि छतमा खुल्ने ढोका) डोर दिएर ल्याएको हाइपर जिटी मोडल भएकै कारण यसको जमेर चर्चा चलिरहेको हो ।
यस कारमा २५० किलोवाट क्षमताको विद्युतीय मोटर दिइएको छ । ब्याट्री साइज पनि निकै ठूलो पाउन सकिन्छ । कम्पनीले यसमा ९३ किलोवाट आवरको ब्याट्री दिएको छ । यसलाई एक पटक फुल चार्ज गर्दा ७७० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।
एवोनको हाइपर जिटी एक ‘मिडसाइज फास्ट व्याक’ एसयूभी हो । यो एसयूभी एइपी ३.० थर्ड जेनेरेशन आर्किटेक्चरमा बनेको छ । यसको लम्बाई ४९३५ एमएम, चौडाई १९२० एमएम र उचाई १७०० एमएम छ । यसमा २९३५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
स्मुदसेप, राउण्ड हेडलाइट र फ्लस डोर ह्याण्डल यसमा पाउन सकिन्छ । इन्टेरियरमा ओभर सेपको थ्री स्पोक स्टेरिङ ह्वील, त्यसको पछाडि गियर सेलेक्टर तथा पातलो एलसीडी इन्ट्रुमेन्ट प्यानल दिइएको छ ।

कारको सेन्टर कन्सोलमा १४.६ इन्चको फ्लोटीङ स्कृन, सेन्टर टनेलमा दुईवटा ५० वाटको वायरलेस चार्जिङ प्याड, २२ डब्ली स्पीकर, नाप्पा लेदर सिट, १० पोइन्ट मसाज तथा हिटेड रियर सिट जस्ता फिचरले यसको इन्टेरियरलाई लोडेड बनाएको छ ।
जिएसी एवोनका उत्पादन सिजी मोटर्सले नेपालमा बिक्री सुरु गर्ने तयारी थालिसकेको कारण यो प्रिमियम एसयूभी नेपाल पनि आउन सक्ने देखिन्छ ।


