साइबर ट्रक ३ भेरियन्टमा सार्वजनिक, मूल्य पहिले भनेभन्दा निकै बढी

काठमाडौं । अमेरिकी प्रिमियम इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले नयाँ मोडल साइबर ट्रकको बिक्री सुरु गरेको छ । विगत ४ वर्षदेखि चर्चामा रहेको टेस्लाको पीकअप साइबर ट्रक विभिन्न ३ भेरियन्टमा सार्वजनिक भएको हो ।

साइबर ट्रकको सुरुवाती मूल्य सन् २०१९ मा कन्सेप्ट लन्च गर्दा बताइएको भन्दा निकै धेरै भएको छ । उक्त समयमा ३९ हजार ९०० डलरबाट बिक्री हुने भनिएकोमा अहिले यसको सुरुवाती मूल्य ६० हजार ९९० डलर तोकिएको हो ।

अझ यसको अलह्वील ड्राइभ भर्सनको मूल्य ७९ हजार ९०० डलर तोकिएको छ । टप भेरियन्ट साइबर बिस्टको मूल्य त ९९ हजार ९९० अमेरिकी डलर छ ।

परम्परागत डिजाइनको पिकअप ट्रकभन्दा बिल्कुलै फरक डिजाइन बनेको साइबर ट्रक एक काल्पनीक अन्तरिक्ष सवारी जस्तो देखिन्छ । विश्वको सबैभन्दा ठूलो पीकअप ट्रकको बजार अमेरिकामा अन्य कम्पनीहरु फोर्ड, सेभ्रोलेट र रिभियनले पनि इलेक्टीक ट्रक बिक्री गर्दै आएका छन् । अन्य ब्राण्डका इलेक्ट्रीक पीकअपको सरुवाती मूल्य भने ४० हजार डलर हाराहारी छ ।

साइबर ट्रकको लन्चिङमा तीन फरक गनले गोली हानी टेस्ट गरिएको भिडियो समेत देखाइएको थियो । उक्त ट्रक ९ एमएम राउण्ड हुने साना हतियारको गोलीका लागि बुलेटप्रुफ रहेको पुष्टी भएको छ । ६ हजार ७०० पाउण्डको तौल भएको साइबर ट्रकले ११ हजार पाउण्डसम्म तान्ने क्षमता राख्छ ।

साइबर ट्रक बिस्ट मोडलको कम्बाइन पावर आउटपूट ८४५ हर्सपावर छ । यसको फ्रन्ट ह्वील ड्राइभको पावर भने ३०० हर्सपावर छ । साइबर ट्रकमा परम्परागत मेकानीकल स्टेरिङ कोलुमको सट्टामा स्टीर बाइ वायर सिस्टम रहेको छ ।

यसको ब्याट्री साइजको बारेमा आधिकारीक नबताइएता पनि रियर ह्वील ड्राइभको ४०० किलोमिटर, अलह्वील ड्राइभको भर्सनको ५५० र साइबरबिस्ट भेरियन्टको ५१० किलोमिटरको रेन्ज रहेको कम्पनीले जनाएको छ ।


Back_to_top