भारतमा सुजुकीले जिम्नीमा एकै पटक घटायो २ लाख मूल्य

काठमाडौं । मारुती सुजुकी इन्डियाले आफ्नो लाइफ स्टाइल एसयूभीको मूल्य कटौती गरेको छ । कम्पनीले यसअघि इन्ट्री भेरियन्टको मूल्य १२ लाख ७४ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेर बिक्री गर्दै आएकोमा एकै पटक २ लाख रुपैयाँले मूल्य घटाएर १० लाख ७४ हजार कायम गरेको हो ।

एक्स शोरुममा नै २ लाख रुपैयाँ मूल्य कम भएपछि यसअघि महंगो मूल्यमा जिम्नी किन्नेहरुले सोशल मिडियामा विरोध जनाएका छन् । मूल्य कटौतीसँगै सुजुकीले जिम्नीको थन्डर एडिशन पनि सार्वजनिक गरेको छ ।

कम्पनीले जिम्नीको जेटा र अल्फा दुबै भेरियन्टमा रहेको विभिन्न फिचरलाई कष्टुमाइज गरेर बजारमा ल्याएको हो । कम्पनीले अटोमेटीक जिम्नीमा लाग्ने एशोसरिजलाई थन्डर एडिशन १ र म्यानुअललाई थन्डर एडिशन २ भनेको छ ।

यी एशोसरिज बाहेक अन्य कुनै मेकानिकल परिमार्जन जिम्नीमा भएको छैन ।


Back_to_top