ब्यापक परिमार्जनको साथ आउदै डूक २५० स्ट्रीट फाइटर

काठमाडौं । केटीएम मोटरसाइकलले डूक २५० स्ट्रीट फाइटर ब्यापक परिमार्जन सहित बजारमा प्रबेश गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ मोडललाई ‘डूक २०२४’ भनेको छ ।

डूक ३९० बाट प्रेरित यो नयाँ मोडल हेर्दा निकै आक्रमक डिजाइन र स्टाइलिस फिनिसिङमा देखिएको हो । बडी कलरको हेडलाइट र फ्यूल ट्याङ्क एक्सटेन्सनले यसलाई फरक लुक्स दिएको देखिन्छ ।

केटीएमले आफ्नो नयाँ डूक २५०मा प्रिमियम कम्पोनेन्टहरुको प्रयोग गरेको छ । यसमा स्वीचगियर एग्जस्ट, क्लिन डिस्प्ले, ड्यूल कलर इन्धन ट्याङ्क पाउन सकिन्छ ।

यसको पावर पनि निकै थ्रिलिङ प्रदान गर्ने किसिमको छ । २४९ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिनले अधिकतम ९२५० आरपीएममा ३१ पीएस पावर र ७२५० आरपीएममा २५ एनएम टर्क प्रदान गर्छ ।

केटीएमको नयाँ टेलिस फ्रेम र आल्मुनियम सबफ्रेममा बनेको डूक २५० ह्याण्डलिङ निकै सहज हुने अनुमान गरिएको छ । दुबै चक्कामा डिस्क ब्रेक र ड्यूल च्यानल एबीएसको साथ यो बजारमा आउने छ ।

निकै सामान्य र क्लिन लाग्ने ६.२ इन्चको एलसीडी कन्सोलको साथ आउने इन्फर्मेशन डिस्प्ले पूर्ण टच स्कृन हो । यसमा ब्लूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर र म्यूजिक कन्ट्रोल सिस्टम समेत उपलब्ध हुन्छ ।


Back_to_top