जिलीले ल्यायो ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ ब्राण्डको सहायक कम्पनी प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरले नयाँ कारको चीनमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले ‘जिकर-००७’ नामबाट सेडान कार बजारमा ल्याएको हो ।

जिकरको प्रिमियम सेडान कार दुई मोटर र दुई ब्याट्री अप्सनमा बिक्री सुरु हुन लागेको हो । कम्पनीले गत नोभेम्बरबाट नै यसको प्रिसेल सुरु गरेको थियो । अब जनवरी २०२४ बाट यसको डेलिभरी सुरु गर्ने बताइएको छ ।

कम्पनीले जिकर-००७ मा ७५.६ किलोवाट अवारको एलएफपी ब्याट्री र १०० किलोवाट आवरको टर्नरी एनसीएम व्याट्री दिएको छ । मोटर क्षमता अनुसार कारको रेन्ज ६८८ देखि ८७० किलोमिटरसम्म रहने कम्पनीको दावी छ ।

जीकर-००७ मा रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सन पाउन सकिन्छ । जसमा ३१० किलोवाटको रियर ह्वील ड्राइभ मोटरसँग ७५.६ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । यसले सिंगल चार्जमा ६८८ किलोमिटरसम्म रेन्ज दिने छ ।

अर्को ३१० किलोवाट कै रियर ह्वील ड्राइभ मोटर र १०० किलोवाट आवरको सीएटीएलको टर्नरी एनसीएम ब्याट्रीको कम्बीनेसन छ । जसले ८७० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

त्यस्तै, फोर ह्वील ड्राइभ अप्सनमा ४७५ किलोवाट क्षमताको मोटर र १०० किलोवाट टर्नरी एनसीएम ब्याट्रीको कम्बीनेसनमा ७२३ देखि ७७० किलोमिटर रेन्ज पाइने कम्पनीले जनाएको छ ।

जीकर-००७ एक मिडसाइज सेडान कार हो । यसको लम्बाई ४८६५ एमएम, चौडाई १९०० एमएम, उचाई १४५० एमएम तथा २९२८ एमएमको ह्वीलवेस रहेको छ । यसको ड्यासबोर्डमा कार जीपीटी एआई र क्वालकमको स्न्याप ड्रागन ८२९५ चिप पावर्ड १५.०५ इन्चको स्कृन रहेको छ ।

यो कारको मूल्य सार्वजनिक भएको छैन । विभिन्न रिपोर्टहरुको दावी अनुसार यसको मूल्य ३१ हजार ७०० डलरदेखि ४७ हजार २०० डलरसम्म रहने छ ।


Back_to_top