काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले डल्फीनको वारेन्टी प्याकेजलाई निकै महत्वका साथ शोसल मिडियाबाट प्रचार प्रसार सुरु गरेको छ । कम्पनीले ५ अलग सेग्मेन्टमा फरक फरक वारेन्टी प्रदान गरेको हो ।
औषत किलोमिटरको आधारमा मोटर, ब्याट्री र भेहिकलमा लगाभग उस्तै स्कीम ल्याएपनि कम्पनीले भेहिकलमा ६ वर्षको वारेन्टी प्रदान गरेको छ । त्यसैगरी ब्याट्री र मोटरमा भने समान ८ वर्षको वारेन्टी रहने प्याकेज दिएको हो ।
किलोमिटरको आधारमा भने भेहिकल र मोटरमा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिएको छ । त्यहि ब्लेड ब्याट्रीमा भने १ लाख ६० हजार किलोमिटर वारेन्टी रहने छ ।
कम्पनीले मल्टीमिडिया सिस्टम, शक एब्जर्बर, डस्ट कभर, बुसिङ वा ग्यास्केट, ह्वील बेरिङ, पीएम २.५ मेजरिङ इन्ट्रुमेन्ट, एसी÷डिसी चार्जिङ पोर्ट एसेम्बली, यूएसबी चार्जिङ पोर्ट कनेक्टरमा ३ वर्ष वा ६० हजार किलोमिटर जुन पहिला आउँछ त्यहि वारेन्टी दिएको हो ।
त्यसैगरी, साइमेक्स इंकले ४ वर्ष वा १ लाख किलोमिटर जुन पहिला आउँछ त्यहि वारेन्टी सबै भेहिकल लाइट, टायर प्रेसर मोनिटर, सस्पेन्स र बल ज्वइनटमा दिने योजना ल्याएको हो ।

यसरी हरेक पार्टस्मा वारेन्टी घोषणा कम्पनीले पहिलो पटक गरेको हो । डल्फीन ३९ लाख ८० हजार मूल्य तोकेर बिक्री हुँदै आएको इलेक्ट्रीक ह्याचव्याक हो । यसले छोटो समयमा नै नेपालमा राम्रो बजार बनाउन सफल भइसकेको छ ।


