मंसिरमा नेपाल आयो ७०७ यूनिट इलेक्ट्रीक कार, कुन मोडल कति ?

काठमाडौं । मंसिर महिनामा ७०७ यूनिट विद्युतीय कार नेपाल आएको छ । चाडपर्व सकिएपनि ठूलो संख्यामा ईभी आयात भएको हो ।

मंसिरमा सबैभन्दा धेरै कार बीवाइडीले नेपाल ल्याएको छ । कम्पनीले एटो-३ र डल्फीन गरेर ४२१ यूनिट आयात गरेको हो । जुन मंसिर महिनामा भएको कुल आयातको ५९.५४ प्रतिशत हो ।

यस अवधिमा बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो-थ्री २०० यूनिट र डल्फीन २२१ यूनिट आयात गरेको छ ।

मंसिरको आयातमा एमजी दोस्रो स्थानमा रहेको छ । पारामाउन्ट मोटर्सले मंसिर महिनामा जेडएस ईभी ७० यूनिट, कोमेट ईभी ३० यूनिट र एमजी फोर ६ यूनिट नेपाल ल्याएको छ । एक महिनामा एमजीले १०६ यूनिट ईभी ल्याएको हो ।

मंसिरमा आयात भएका विद्युतीय कार

बीवाइडी र एमजीपछि धेरै ईभी आयात गर्ने कम्पनी टाटा हो । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले मंसिरमा टियागो ईभी ८१ यूनिट, नेक्सन १२ यूनिट र टिगोर ११ यूनिटगरी कुल १०४ यूनिट आयात गरेको देखिन्छ ।

मंसिरमा सेरेस ईभी ४० यूनिट, किया ईभी सिक्स २३ यूनिट र ग्रेटवालको ओरा १० यूनिट आयात भएको देखिन्छ ।


Back_to_top